राष्ट्रपतिद्वारा संसद बिघटन गरि प्रधानमन्त्री बर्खास्त
‘संसद विघटन’ भन्ने शब्द पछिल्लो समय नेपालमा धेरै प्रयोग भएको शब्द हो। नेपालको राजनीतिक अस्थिरता र दलहरुको आन्तरिक विवादको दुइ दुइ पटक सिकार बन्न पुग्यो नेपालाको संसद । नेपालमा जस्तै अर्को एउटा देशमा पनि संसद विघटन भएको छ।
देशव्यापी प्रदर्शन चर्किएपछि ट्युनिसियाली राष्ट्रपतिले संसद विघटन गर्दै प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन् ।
कोभिड-१९ महामारी व्यवस्थापनमा सरकार असक्षम भएको भन्दै हजारौं क्रुद्ध नागरिक सडकमा आएका थिए र प्रहरीसँग झडप पनि भएको थियो ।
राष्ट्रपति केइस सायदले चुनिएका नयाँ प्रधानमन्त्रीसँग मिलेर काम गर्ने भन्दै शक्ति आफ्नो हातमा ल्याएका छन् । साथै उनले मुलुकमा शान्ति कायम गर्ने पनि जनाएका छन् ।
तर, प्रतिपक्षी दलहरुले यसलाई कूको संज्ञा दिएका छन् ।
‘ट्युनिसियमा सामाजिक शान्ति नफर्कुञ्जेल र राज्यको सुरक्षा नगर्दासम्म हामीले यस्तो निर्णय लिएका छौं’ आपतकालिन सुरक्षा बैठकपछि राजदरबारमा आयोजित टेलिभिजन सम्बोधनमा राष्ट्रपति सायदले भने ।
प्रधानमन्त्री हाइचेम मेचिचीलाई बर्खास्त गरिएको समाचार आएलगत्तै विरोधमा प्रदर्शनकारी सडकमा आएका थिए।