उडिरहेको बुद्ध एयरको जहाजमा एक्कासी समस्या

सोमबार, ११ साउन २०७८

काठमाडौं – उडिरहेको बुद्ध एयरको जहाजमा एक्कासी समस्या देखिएको छ । काठमाडौबाट धनगढीतर्फ उडेको बुद्ध एयरको जहाजमा समस्या आएको हो ।

एक्कासी जहाजमा समस्या आएपछि आपतकालीन अवतरण गरिएको । जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।

हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण गर्न लाग्दा फायर भेहिकल तथा एम्बुलेन्सहरु समेत हाइ अलर्ट अवस्थामा राखिएको थियो । साँझको उडान आपतकालीन अवतरण गरिएपछि अर्को विमानमा यात्रीलाई राखेर उडाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।