एमाले स्थायी समिति बैठक बस्दै, तीन विषयमा छलफल हुने

शनिबार, १६ साउन २०७८

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली दिउसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

शनिबार तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बैठक बोलाइएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। आजको बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने उनको भनाई छ ।

केन्द्रीय विभागहरु पूर्णता दिने, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुने तामाङले जानकारी दिए। यो बैठकमा माधव नेपाल समूहका नेताहरुलाई समेत नबोइएको बुझिएको छ ।

माधव समूहले सरकार पक्षलाई समर्थन गरेकाले बैठकमा नबोलाइएको एक नेताले बताए । सरकारमा सहभागी नभएर पार्टी एकताका लागि जोड दिएका नेपाल समूहले केपी ओली नसुध्रियकाले नयाँ पार्टी बनाउन सांसदहरुको जोड दिइरहेका छन् ।

शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदले केपी ओलीसँग पार्टी एकता गर्दा आगामी निर्वाचनमा देशभर १ सिट पनि जित्न नसकिने निश्कर्ष निकाल्दै गठबन्धनलाई बलियो बनाउन पर्ने मत हावि हुँदै गएको छ । नेपाल पक्षीय सांसद मेटमणी चौधरीले त सरकारमा सहभागी हुने बारे सहमति भइसकेको बताउँदै आएका छन् ।