मलेसियामा रहेका १ लाख नेपालीलाई खुशीको खवर, सरकारले गर्यो यस्तो व्यवस्था

सोमबार, १८ साउन २०७८

काठमाडौँ – मलेसियामा रहेका नेपाली कामदारका लागि खुशीको खवर छ । मलिसिया सरकारले भिसाको म्याद सकिएर अवैध रूपमा काम गरिरहेका विदेशी कामदारलाई घर फर्काउने अभियान थालेपछि नेपाली कामदारलाई फाइदा भएको हो ।

रोजगारदाता कम्पनीसँगको मिलेमत्तोमा अबैध रुपमा काम गरिरहका विदेशी कामदारका लागि आफ्ुनो देश फर्किन सरकारले ३१ डिसेम्बरसम्मको समय दिएको छ । यो समयमा घर फर्किनेलाई मलिसिया सरकारले ससम्मान घर फर्किन दिने भएको हो ।

यो नियमले मलेसियामा करार अवधि सकिएर बसेका १ लाखभन्दा धेरै नेपाली घर फर्किने भएका छन् । १ लाखभन्दा धेरै नेपाली स्वदेश नफर्की रोजगारदाता कम्पनीमा शरण लिएर काम गरिरहेको मलेसियास्थित नेपाली दूतावासको अनुमान छ ।

कति संख्यामा नेपाली कामदार अवैधानिक रूपमा काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक नभएको मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले जानकारी दिए । उनका अनुसार मलेसियामा करिब ५ लाख नेपाली रोजगारीमा कार्यरत छन् । तीमध्ये ८० हजारदेखि १ लाखसम्म नेपाली कामदार अवैध रूपमा बसेर काम गरिरहेको हुन सक्ने अनुमान छ ।

अवैध रूपमा बसेर काम गरिरहेका नेपाली कामदारहरूलाई मलेसिया सरकारले स्वदेश फर्किन दिएको मौकाको उपभोग गर्न दूतावासले पटक–पटक आग्रह गरिरहेको राजदूत पाण्डेले बताए ।

‘मलेसियाको पछिल्लो यो नीतिबाट अवैधानिक रूपमा बसिरहेका नेपाली कामदार पनि प्रभावित हुनेछन् । मलेसियाबाट एकैपटक ठूलो संख्यामा कामदार फर्काउन समस्या हुन्छ । दूतावासले रिहाइरिङ र घर फिर्ती कार्यक्रममार्फत स्वदेश फर्किन आग्रह गरिरहेको छ,’ उनले भने, ‘मलेसियामा अवैध रूपमा बसेका कामदारलाई समस्या परे दूतावासलाई सहयोग गर्नै मुस्किल हुन्छ । उनीहरूसँग आवश्यक कागतजागत नहुँदा कुनै पनि बेला प्रहरीको फन्दामा पर्न सक्छन् । सबै अवैध कामदार कानुनी समस्यामा परिरहेका छन् ।’

रिहाइरिङ र घर फिर्ती कार्यक्रम डिसेम्बर २०२१ को अन्त्यसम्म छ । यो सेवा उपभोग गरी स्वदेश फर्किन मलेसियामा रहेका अवैध कामदारलाई उनको आग्रह छ । मलेसियामा अवैध रूपमा बसेका कामदारलाई स्वदेश फर्किन आवश्यक कागजात बनाएर स्वदेश फर्काउन सहयोग गरिने राजदूत पाण्डेले जानकारी दिए ।

हाल मलेसियाको विभिन्न जेलमा १ सय ६३ नेपाली कामदार रहेको दूतावासले जनाएको छ । सन् २०१४ देखियता आममाफीको उपयोग गरी करिब साढे ९ लाख विदेशी कामदार स्वदेश फर्किएको मलेसियाको अध्यागमन विभागले जनाएको छ । जसमा ३० हजारभन्दा बढी नेपाली कामदार सोही आममाफी कार्यक्रममार्फत स्वदेश फर्किएको दूतावासले जनाएको छ ।