एमसीसी पास गर्यौ भने हातका औँला काटिदिन्छौँ : नेकपा नेता विषम
काठमाडौँ – विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका नेता शन्तोष बुढामगर (विषम)ले संसदबाट एमसीसी पास गर्न हस्ताक्षर गर्नेको औला काटिदिने बताएका छन् । भारतीय हस्तक्षप र दार्चुला घटनाका विषयमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता विषमले एमसीसी पास गर्नेका हातका औँका काटिदिने बताएका हुन् ।
नेकपाका सचिवालय सदस्य समेत रहेका उनले रोजगारीका लागि काठमाडौँ हिडेका जयसिंह धामीलाई हत्यारा जसरी तुइन काटेर हत्या गर्नु अन्तराष्ट्रिय अपराध भएको बताए । ‘सामान्य श्रमित आफ्नो रोजिरोटीका लागि काठमाडौँ आउन लागेको धामीलाई अपराधी सरह हत्या गरियो ।’ उनले भने, ‘यसका अपराधीहरुले सजाय पाउनैँ पर्छ ।’
यस विषयमा नेपाल सरकारले अनुसन्धानलाई प्रभावकारी नबनाएकोमा आपत्ती जनाए । ‘अनुसन्धान गर्न सरकारलाई कसले रोकेको छ । भारतसँग डराएर बस्नुपर्ने कुनै हारण छैन् ।’ सभालाई सम्बोधन गर्दै उनले भने, ‘तिमिहरुले अनुसन्धन गरेर भारतीय एसएसवीलाई कारवाही गर्न सक्दैनौँ भने हामी कारवाही गछौँ । जनताले कारवाही गर्छ ।’
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमार्फत अमेरिकी सेना नेपाल आउन लागेको भन्दै यसलाई जसरी पनि रोक्न पर्ने बताए । ‘हाम्रो पूर्खाहरुको सम्पतीमाथि अमेरिकाले आँखा लगाएको छ ।’ सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल जल, जमिन र जंगलमाथि हैकम जमाउन अमेरिकी सेना नेपाल आउन लागेको हो । यसलाई जसरी पनि रोक्न पर्छ ।’
विप्लव नेतृत्वको नेकपाले जयसिंह धामी हत्याको विषयमा आज देशभर पर्दशन गरेको छ । त्यही शिलसिलामा काठमाडौँमा भएको. सभालाई विषमले सम्बोधन गरेका थिए । सुन्धाराबाट सुरु भएको ¥याली सान्तिबाटिकामा गएर कोषसभामा परिणत भएको थियो ।