सकियो एमाले स्थायी समिति बैठक, माधव नेपालको गाडि छुट्यो

सोमबार, १८ साउन २०७८

काठमाडौं – नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । बैठकले केन्द्रीय निकाय र विभागहरू गठन तथा पदाधिकारी तथा सदस्यहरूको मनोनयन गरेको छ ।

स्थायी कमिटीको सोमबार बसेको बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब पर्खेर बस्न नसक्ने भन्दै सांगठानिक संरचनाहरूलाई पूर्णता दिन लागेको उनको भनाई छ ।

माधव नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि पर्याप्त स्थान सुरक्षित गरिएको ज्ञवालीले बताए । विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन । आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताए ।

माधव नेपालका लागि ठाउँ खालि गरिएको भने पनि बहुमत सहितको टीम आजै खडा गरिएको छ । यो निर्णयले माधव नेपाल समूह एमालेबाट लगभग अलग भएको छ ।

अब एमालेको नेता हुँ भन्ने पनि उनीहरुलाई लाज लाग्नेगरी निर्ण भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि अध्यक्ष ओली आक्रामक भएका थिए । उनकै जोडबलमा आज यस्ता खालका निर्णयहरु भएका हुन् ।