सेयर बजारका लगानीकर्तालाई पनि ठग्न थाल्यो एनसेल, यसरी बनाउँदैछ मुर्गा
काठमाडौँ – नेपालमा सबैभन्दा धेरै बदनामी कमाएको कम्पनी हो एनसेल । निजी क्षेत्रको सबैभन्दा ठूलो दुरसंचार पर्दायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई थाहै नदिइ पैसा काट्ने गरेको तथ्य यसअघि नै उजागर गरिसकेका छौँ ।
अहिले नेपालको सेयर बजारका साना लगानीकर्ताहरुमा एनसेलको आँखा परेको छ । एउटा सामान्य कम्पनीको आईपीओमा पनि २०/२२ लाख नेपालीले आवेदन दिन थालेपछि एनसेलले ठग्ने नयाँ जुक्ती निकालेको हो ।
उसले अब आईपीओ खुलेको सूचना दिनका लागि लगानीकर्ताबाट प्रतितीन दिनमा १० रुपैयाँ असुल्ने भएको छ । ‘कुनैपनि नयाँ आईपीओ सेयर र राइट सेयर समयभित्र भर्न एसएमएस अलर्ट पाउनुहोस् ।’ आफ्नो ग्राहकलाई पठाएको सूचनामा भनिएको छ, ‘डायल *१७१७४*१# Rs १० प्रति तीन दिन ।’
माथिको एसएमएस एनसेलले आफ्ना ग्राहकहरुलाई पठाएको हो। यस अनुसार नम्बर डायल गर्यो भने प्रति तीन दिनमा १० रुपैयाँ काटिन्छ। तीन – तीन दिनमा १० रुपैयाँ असुलेर उसले दिने सुविधा भनेको कुनै पनि नयाँ आईपीओ सेयर र राइट सेयर समयभित्र भर्नुस् भनेर एसएमएस पठाउने मात्रै हो ।
यो आइपिओ र राइट सेयर भनेको दिनदिनै खुल्ने विषय होइन् । फेरी नेपालमा प्रथमिक सेयर निष्काशन (आईपीओ) कहिले खुल्छ, कहिले बन्छ हुन्छ ? कति पैसा भर्दा राम्रो हुन्छ ? सबैकुरा अनलाईन संचारमाध्ययमले एकैछिनमा भाइरल बनाइहाल्छन् ।
विना पैसा सहजै जानकारी पाइने विषयमा अनाबश्यक लगानीकर्तालाई मुर्गा बनाउन एनसेलले यो पोलिसी ल्याएको हो । एउटा लगानीकर्ता एनसेललको यो योजनामा सहभागी भएको खण्डमा बर्षभरी एउटा आईपीओ भर्ने पैसा भन्दा धेरै खर्च गर्नपर्ने छ । आईपीओ पर्छ पर्दैन थाहा छैन् तर आईपीओ खुलेको सूचना पाउनका लागि भने १२ सय रुपैयाँ खर्च गर्न पर्नेछ ।