नेकपा, बारबर्दिया नगरको प्रथम पूर्ण बैंक सम्पन्न
बर्दिया – नेपाल कम्युनिस्ट पार्टी, बर्दिया जिल्ला अन्तर्गत बारबर्दिया नगरको प्रथम पूर्ण बैठक बिहीबार सम्पन्न भएको छ। नेकपा बर्दिया जिल्लाको नगर प्रथम पूर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो।
बैंठकलाई सम्बोधन गर्दै बर्दिया जिल्ला सेक्रेटरी तथा बैंठकका प्रमुख अतिथि क. गणेश चौधरीले पार्टीले अघि सारेको नयाँ कार्यनीति योजना जनमतसंग्रह मार्फत बैज्ञानिक समाजवाद प्राप्तिको बारेमा स्पष्ट पारेका थिए ।
उनले संसदीय व्यवस्था चरम संकटमा पुगेको बताउदै सबै देशभक्त क्रान्तिकारी कम्युनिस्ट सच्चा लोकतान्तवादी शक्ति विचको सहकार्यको आवश्यक रहेको बताए । एक फरक प्रसंगमा सेक्रेटरी गणेशले संसदीय व्यवस्था स्विकार गरेर वार्तामा आएको भनेर भ्रम सिर्जना गर्न प्रतिक्रियावादी तत्वहरु दिनरात लागिपरेको बताए ।
‘हामीले बिद्रोह संसदीय व्यवस्था विरुद्ध गरेका हौ।’ उनले भने, ‘यो व्यवस्थालाई ध्वस्त गरि छाड्ने हाम्रो अठोट छ ।’ कार्यक्रम अखिल क्रान्तिकारी बर्दिया जिल्ला इन्चार्ज तथा बारबर्दिया नगर इन्चार्ज क. लोकेश राज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उनले १ उत्पादनमा जोड दिने निर्णय गर्दै, दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्प बैज्ञानिक साम्राज्यवाद स्थापना गर्नुपने बताए । नेकपा बारबर्दिया नगर सेक्रेटरी क. रमेश बिकले, सञ्चालन गरेका थिए । नगरको प्रथम पुर्ण बैठकले १५ सदस्यीय नगर समिति चयन गरेको छ ।