तपाईँ किन सफल हुनुभएको छैन् ? समस्या तपाईँ आफै हो
काठमाडौँ – चिनी भएको ठाउँमा कमिला आउँछ । कमिला आउनु कमिलाको दोष होइन । दोष त हामी आफैले त्यहाँ चीनी राख्नु हो ।
जीवनमा जे जति समस्याहरु आउँछन् ती सवैको कारण हामी आफै नै हो । समस्या पनि त्यही चोर विरालो जस्तै हो । चोर विरालोले के गर्छ भने तपाईले जति पिटे पनि, भगाए पनि फेरी आएर तपाईको समस्या बनिदिन्छ।
चोर विरालो, वेश्या श्रीमती, उडुस र डुलुवा कुकुरलाई हाम्रो अधिनमा ल्याउन सकिदैन। तिनीहरुलाई जति सजाए दिए पनि सधै हाम्रो समस्या बनिरहन्छन् । समस्या दिनु तिनीहरुको गल्ती हैन । किनभने तिनीहरुको विवेक नै छैन ।
अतः समस्या त हामी आफै तिनीहरुबाट फुत्कीन नजानेर बनेको हो। डुलुवा कुकुर डुल्दै डुल्दै आउछ र तपाइले सफा गरेको ठाउँमा वा तुलसीको मठमा पिसाव गरेर जान्छ । त्यसलाई के गर्ने ? ठोक्ने ?
अह ठोक्न मिल्दैन त्यसलाई पनि त दुख्छ नी, कतिपय मान्छेको बानी पनि त्यही डुलुवा कुकुर र विरालाको जस्तै हन्छ। ठिकै छ ति त जनावर भए बुद्धि हुँदैन तर सोच विचार गर्न सक्ने विवेक भएको मान्छेले पनि बुद्धिले काम गर्न जानेन भने जीन्दगीमा साह्रै दुःख पाउँछ उसले।
हामीले बुझ्नै पर्ने कुरा के हो भने समस्या जीवनमा आउँछ, आयो भनेर समस्यासँग पिडित हुने होइन त्यो सँग बुद्धिले जुध्न सक्नुपर्दछ। हामीले एउटा समस्यालाई समाधान गर्नासाथ त्यो भन्दा ठूलो अर्को समस्या हाम्रो अगाडि खडा हुन्छ।
तर बुद्धि र विवेकको प्रयोग गर्न सकेमा समस्या आफै डराएर भाग्दछ । अर्थात प्रत्येक समस्यामा समाधान देख्न सकिन्छ। जुन व्यक्तिले आफ्नै गुणगान गाउने गर्दछ त्यो व्यक्तिको महत्व तथा गुण साँझमा कराउने कौवाको जस्तो हुने गर्दछ । त्यसैले समस्याबाट नभागौँ, त्यही समस्यानै सफलताको सिडी हो । समस्यामै ठूलो सम्भावना हुन्छ ।