राती ९ बजे प्रचण्ड र चिनियाँ राजदूतको गोप्य भेटघाट, राजदूतको प्रस्तावले प्रचण्ड चकित

सोमबार, २५ साउन २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाा राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमल्टारमा उनीहरबीच आइतबार राती भेटवार्ता भएको हो ।

प्रचण्डलाई भेट्न यान्छी राती खुमलटार पुगेकी हुन् । खुमलटारमा यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफल भएको थियो ।

कांग्रेस, माओवादी, माधव नेपाल र उपेन्द्र यादवको गठबन्धन सत्तामा आएसँगै अमेरिका सक्रिय भएको छ । त्यसलाई रोक्न यान्छी खुमलटार पुगेको श्रोतको भनाई छ ।

एमेरिकी राजदूत ¥याण्डी वेरीले एमसीसी संसदबाट पारित गर्न माहोल बनाइरहेका बेलामा यान्छीले प्रचण्डलाई भेटकी हुन् । यही एमसीसी रोक्न उनी सबै नेताको घरदैलो गरिरहेकी छन् । भेटमा प्रचण्डलाई उनले जसरी पनि एमसीसी रोक्न भनेको श्रोतको भनाई छ

प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्ड र यान्छी बिच आधाधण्टा कुराकानी भएको छ । यान्छीले ०९ः२० देखि ०९ः५० बजेसम्म कुराकानी भएको थियो । उनको प्रस्तावमा प्रचण्ड सहमत भएको श्रोतको भनाई छ ।

सचिवालय स्रोतका अनुसार एमसीसी पारित हुन नदिन चिनियाँ राजदूतले प्रचण्डलाई आग्रह गरेकी थिइन् । एमसीसी पारित भयो भने नतिजा राम्रो नहुने यान्छीको घुमाउरो भाषामा चेतावनी थियो ।

यान्छीले एमसीसीलाई रोक्न र त्यसको सट्टामा बीआरआईलाई अगाडि बढाउन आग्रह गरेकी थिइन् । त्यसमा जस्तो सहयोग चाहिन्छ चीन तयार रहेको बताएकी थिइन् । यो विषयमा प्रचण्ड सकारात्मक हुँदै सत्ता गठबन्धनमा छलफल गरेर अघि बढ्ने जवाफ दिएका थिए ।

एमसीसी रोक्न सभामुख अग्नि सापकोटादेखि माओवादी अध्यक्ष प्रचण्सम्म चिनियाँ दबाब छ । उता अमेरिकाले शैनिक पोशाक सहितका सेनाहरु परिचालन गरेर कुटनीतिक रुपमा थ्रेट दिइरहेको छ ।