नेकपा इलामको नगर भेला सम्पन्न
इलाम – नेकपा इलामको नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज भएको भेलाले १३ सदस्यीय नगर कमिटी चयन गर्दै वार्ड इन्चार्ज र सेक्रेटरी तोकेको छ ।
इलाम नगरका इन्चार्ज अबिनाशको अधक्षतामा भएको भेला पार्टिका जिल्ला इन्चार्ज सुमनसिंहको प्रमुख आथित्यतामा सम्पन्न भएको थिए । भेलामा सहभागीहरुलाई प्रशिक्षण दिंदै सुमनसिंहले जनमतसंग्रह बाटै ब्यवस्थाको बारेमा फैसला गरौं भन्ने पार्टीको बटमलाइन भएको बताए ।
‘यो शान्तिपुर्ण निकासको विधि हो । यदि यो बिधिलाई संसदवादीहरुले लत्याउछन भने हाम्रो पार्टी परिस्थिती अनुसार जस्तो पनि संघर्ष गर्न तयार रहने छ ।’ उनले भने, ‘सबैले जन अपेक्षा अनुसार साँचो कम्युनिस्ट बन्न प्रयत्न गर्नु पर्ने र यसो गरेर मात्र क्रान्तीको नेतृत्व गर्न सक्ने कम्युनिस्ट संगठन निर्माण गर्न आफूहरु तयार भएको बताए ।’
उनले वैज्ञानिक समाजवादी सत्ताका विशेषता अनुसार आफूलाई ढालेर जनताको बिचमा प्रस्तुत गर्न कार्यकर्तालाई निर्देशन दिएका । जनताले यतिबेला हाम्रो गुण खोजिरहेको हुनाले कम्युनिस्ट गुणको समृद्धिमा सबैले जोड गर्न पर्ने भन्दै सहभागिलाइ प्रशिक्षित गरेका छन ।
भेलामा जिल्लाको बैठकले तय गरेका आगामी योजनाहरुको विषयमा जिल्ला सेक्रेटरी मौसमले प्रस्ट पारेका थिए । जिल्लाका सबै जनतालाइ क्रान्तिमा जोड्ने योजना बनाएको भन्दै सम्पूर्ण योजनाहरुलाई इलाम नगरपालिकामा श्रीजनशिल ढंगले कार्यन्वयन गर्न मौसमले निर्देशन गरे ।
कार्यक्रमको संचालन इलाम नगरपालिकाका सेक्रेटरी बिद्रोहिले गरेका थिए । संगठन, राजनिती, संघर्ष , उत्पादन र अन्य बिबिध विषयमा विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै भेला सम्पन्न भएको छ ।