फेरि प्रतिनिधिसभा विघटन हुँदै, खुल्यो गम्भीर रहस्य
काठमाडौं – फेरी प्रतिनिधिसभा विघटन हुन लागेको खुलासा भएको छ । पुनर्स्थापना भएको १ महिना हुन नपाउँदै प्रतिनिधिसभा फेरि विघटन हुने लागेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटक विघटन गर्दा अदालतले पुनर्स्थापना गरेको प्रतिनिधिसभा पुन विघटनको दिशातिर अघि बढेको हो । अब विघटन भएमा अदालतले पुनर्स्थापना गर्न मिल्दैन ।
किनभने अब ७६ (५) को प्रधानमन्त्रीले विघटन गर्ने हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७६ (५) अनुसारका प्रधानमन्त्री हुन् ।
केही दिनअघि जसपाका नेता बाबुराम भट्टराईले पुन प्रतिनिधिसभा विघटन हुन लागेको संकेत गरेका थिए । उनले सचेत हुन र माधव नेपाललाई एमाले नफर्किन आग्रह गरेका थिए ।
त्यसको केही दिनमा शुक्रवार पूर्व स्वास्थ्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले प्रतिनिधिसभा विघटनको तयारी भइरहेको खुलासा गरेका छन् । त्रिपाठीका अनुसार कांग्रेस महाधिवेशनलगत्तै प्रधानमन्त्री देउवाले संसद् विघटन गरेर चुनाव गराउने योजना बनेको सूचना बाहिर आएको हो ।
कात्तिक महिनाभित्र महाधिवेशन सकेर वैशाखमा चुनाव गराउने योजनामा देउवा रहेको त्रिपाठीले जानकारी दिए । त्रिपाठीले देउवा सरकार धेरै नटिक्ने र ढिलोमा वैशाखसम्म आयु रहेको पनि बताए ।
पश्चिम नवलपरासीमा पत्रकारसँग कुरा गर्दै त्रिपाठीले सरकारले पूर्णता नपाएबाटै देउवालाई चलाउन कति गाह्रो छ भन्ने कुरा पुष्ट भएको भन्दै यो सरकार धेरै पर नजाने धारणा राखे ।