माओवादीको महाधिवेशन पुस ११ देखि १३ गते !
काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा १ सय ८४ जना केन्द्रीय सदस्यहरु उपस्थित भएका छन् ।
काठमाडौंको गौशालास्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गरेका छन् । प्रचण्डले राजनीतिक र सांगठानिक प्रतिवेदन पेश गरेपछि आज र भोलि त्यसमाथि छलफल हुने बताइएको छ ।
वैठकमा उपस्थित १८९ जना नेताको एन्जिन परीक्षण गर्दा सबैको नगेटिभि आएको माओवादीले जनाएको छ । फागुन २३ गतेको फैसलाबाट माओवादी ब्युँतिएपछि भौतिक उपस्थितिमा सो पार्टीको पहिलो पटक केन्दीय कमिटी बैठक बसेको हो ।
बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नेकपा माओवादी केन्द्रको महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव पेश भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् ।
अध्यक्ष प्रचण्डले पेश गरेको राजनीति तथा सांगठानिक प्रस्तावमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो । केन्द्रीय सदस्यहरुको समूह बनाएर अध्यक्ष प्रचण्डको दुवै प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।