स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ फिल्डमै गएर लिए थाले एक्सन, आलोचकहरू पनि प्रशंसा गर्न बाध्य
काठमाडौं – नोपाली काँग्रेसका सभापतिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकमात्र राज्यमन्त्री हुन् उमेश श्रेष्ठ । प्रम्ुख प्रतिपक्षी दलले विपक्षी सरकारको आलोचना गरिरहेका बेला स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले कोरोनाविरुद्धको खोप भण्डारण केन्द्रहरूको निरीक्षण गरेका छन् ।
राज्यमन्त्री श्रेष्ठले शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र टेकुस्थित खोप भण्डारण केन्द्रको अवलोकन गरेको निजी सचिवालयले जनाएको छ । निरीक्षणका लागि स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेल र प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंह पनि गएका थिए ।
‘आज म लगायत स्वास्थ्यसचिव रोशन पोखरेल, प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहको टोलीले टेकु र त्रिभुवन विमानस्थलस्थित खोप भण्डारण केन्द्रको निरीक्षण गरेका छौं’, राज्यमन्त्री श्रेष्ठले ट्वीट गर्दै भनेका छन् । ‘खोप भण्डारणको अवस्था, भण्डारण क्षमता विस्तार तथा आपूर्तिको प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक कार्य तदारुकताका साथ अघि बढाइनेछ’, उनले भनेका छन् ।
‘कोभिड–१९ खोप प्राप्तिको नेपाल र विश्वव्यापी तुलना । अहिलेसम्म ७५ लाखभन्दा धेरै जनसंख्यामा खोपको पहुँच पुगिसकेको छ’, उनले भने, ‘खोप अभियानलाई तीव्रता दिन अहोरात्र खटिनुभएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आपूर्ति व्यवस्थापक लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
राज्यमन्त्री श्रेष्ठले भनेका छन्, ‘आज मैले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवज्यू र वैदेशिक रोजगार विभागका महानिर्देशकज्यूलाई वैदेशिक रोजगारीमा जानेहरूको लागि कोभिड–१९ पूर्ण खोपको विधुतीय प्रमाणीकरणका लागि आवेदन फारम सम्बन्धित सङ्गठित संस्था (म्यानपावर)बाटै भर्ने व्यवस्था गर्न निर्देशन दिएको छु ।’