खुसुक्क नयाँ दिल्ली पुगे माधव नेपालका दुई नेता, भारतको यति ठूलो डिजाइन्, रहस्य खुल्यो
काठमाडौँ – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निकट दुई जना स्थायी समिति सदस्य भारतको नयाँ दिल्ली पुगेका छन् । नेकपा एमालेलाई फुटबाट जोगाइदिन भन्दै उनीहरु भारतको नयाँ दिल्ली पुगेका हुन् ।
एमाले स्याथी समिति सदस्य सुरेन्द्र पाण्डे र भीम आचार्यले नयाँ दिल्ली पुगेर भारतको इटेलिजेन्स व्युरो रिसर्च एण्ड एनलाइसीस् उइङ्स (र) प्रमुखलाई भेटेका छन् । भारतकै कारण पार्टीमा असामान्य अवस्था सृजना भएको भन्दै उनीहरुले भारतीय रअ प्रमुख सामान्त गोयललाई भेटेर पार्टी एक बनाइदिन आग्रह गरेको श्रोतको दावि छ ।
केपी ओली प्रधानमन्त्री भएका बेलामा गोयलले गोप्य रुपमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटेपछि ओलीको आरोलो यात्र सुरु भएको थियो । ओलीसँग राम्रो सम्बन्ध रहेकाले सम्झाइदिन उनीहरुले आग्र गरेका थिए ।
उनीहरुले उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाथ खनालसँग पनि भेटघाट गरेका छन् । दिल्लीमा खनालसँग पाण्डे र आचार्यले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
आचार्यका अनुसार खनालले पार्टी विभाजनको खतरा रोकेर एमालेलाई एकतावद्द बनाउनुपर्नेमा जोड दिएका थिए । भेटमा खनालले टुट–फुटको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न उनले जोड दिएको उनले बताए।
‘विभाजनको सम्भावना रोक्न र एकतावद्ध पार्टी बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो’, श्रोतले भन्यो, ‘आचार्यले पार्टीलाई फुटबाट जोगाउन हामी दिल्ली आएको बताएका थिए ।’
मृगौला प्रत्यारोपण गरेका खनालको स्वास्थ्यमा क्रमशः सुधार भैरहेको र १५ भदौभित्र डिस्चार्ज भएर फर्किने सम्भावना रहेको उनले जानकारी दिए।