किन रोकियो अध्यादेश ? शीतल निवासबाट आयो यस्तो सूचना
काठमाडौं – मन्त्रिपरिषदबाट पारित भएर राष्ट्रपति कार्यालयमा गएको दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेकी छन् । अध्ययन गर्नपर्ने भन्दै अध्यादेश जारी हुनबाट रोकिएको हो ।
सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्नका लागि राष्ट्रपति समक्ष गरेको सिफारिस शीतल निवास ढिलो पुगेको र अध्धयन गर्न पर्ने भएकाले संगलबार जारी नभएको भएका छ ।
मन्त्रिपरिषदबाट पारित भएको अध्यादेश मंगलवार अबेर पुगेकाले आजै राति जारी हुने सम्भावना नरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । यसअघि केपी ओली प्रधानमन्त्री हुँदा एक मिनेट भित्र अध्यादेश जारी भएका थिए ।
राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, ‘अध्यादेश साँझपखमात्र आयो । त्यसको अध्ययन हुँदैछ । आजै जारी नहोला, भोलिसम्म राष्ट्रपतिले जारी गर्नुहुन्छ । अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएकाले रोकिदैन ।’
प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रको सपथग्रहण समारोहमा उपस्थित हुने बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच त्यसबारेमा कुरा भए पनि त्यतिबेलासम्म अध्यादेश शीतल निवास पुगेको थिएन ।
आज बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो । अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइने एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय पुगेका थिए । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् ।
बालुवाटारनिकट स्रोतका अनुसार अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास गएका हुन् । मन्त्रिपरिषद् बैठकले राजनीतिक दल समबन्धी ऐन संशोधन अध्यादेश जारी गरेको थियो ।