माधव नेपाललेको पोल खुल्यो, किर्ते हस्ताक्षर बुझाएपछि निर्वाचन आयोगमा लफडा

बिहिबार, ३ भाद्र २०७८

काठमाडौँ – नेकपा एमाले समाजवादी पार्टीका नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा किर्ते हस्ताक्षर बुझाएको पाइएको छ । नेकपा एमाले फुटाएर नयाँ दत दर्ता गर्दा विभिन्न नेताहरुको हस्ताक्षर किर्ते गरेको पाइएको हो ।

माधव नेपालले प्रस्ताव गरेको एमाले समाजवादीमा रहको भनिएका केन्द्रिय सदस्यहरुले धमाधम आफू उक्त पार्टीमा नरहेको भन्दै घोषणा गर्न थालेका छन् । हिजो माधव नेपालले पार्टी दर्ताका लागि निवेदन दिने बित्तिकै प्रदिप नेपालबाट सुरु भएको घोषणा बढ्दो क्रममा छ ।

अहिले सम्म नेताहरु प्रदिप नेपाल, सुरेन्द्र मानन्धर, रबिन कोइराला, भानुभक्त जोशी, कृष्ण खनाल, रमा आले लगायतका नेताहरुले विज्ञप्तीनै जारी गरेर आफूहरु एमाले समाजवादीमा नगएको बताएका छन् । पार्टी दर्ताका लागि पठाईएको केन्द्रीय सदस्यहरुलेनै यस्तो विज्ञप्ती जारी गर्न थाले पछि माधव नेपाल तनावमा रहको बुझीएको छ ।

एमाले समाजवादीको केन्द्रीय सदस्य राखिएकोमा नेता प्रदीप नेपालले आपत्ति जनाएका छन् । एमाले समाजवादी पार्टीमा अध्यक्ष नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि तेस्रो नम्बरमा प्रदीपको नाम राखिएको थियो ।

समाजवादी पार्टीका केन्द्रीय सदस्यको सूची सार्वजनिक भएलगत्तै नेता नेपालले आफू एमालेको झगडामा कतै पनि नरहेको भन्दै व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नराख्ने फेसबूकमार्फत स्पष्ट पारेका छन् ।

अध्यक्ष नेपालको पार्टीका वरिष्ठ केन्द्रीय सदस्य प्रदीपले नै विद्रोह गरेपछि धक्का लागेको छ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल नेकपा र हालको एमालेको विवादमा दुबै पक्षमा कतै देखिएका छैनन् ।

नेता प्रदीपले आफूले एमाले फुटाउन माधव नेपालको पक्षमा हस्ताक्षर नगरेको र पार्टी फुटाउने पक्षमा समेत नरहेकाले अध्यक्ष नेपालले कीर्ते र जालसाजी गरेको आरोप लगाएका छन् ।