प्रचण्डकै अगाडि बाबुरामले लगाए गम्भीर आरोप, प्रचण्डको सीर निहुरियो

बिहिबार, ३ भाद्र २०७८

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा कम्युनिस्टहरुमा वैचारिक अस्पष्टता रहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भट्टराईले नेपाल कम्युनिस्ट नाममात्रका कम्युनिस्ट भएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई वैचारिक स्पष्टता नहुँदा नेपालका कम्युनिस्ट पार्टीहरुमा संकट आइलागेको पनि स्मरण गराए । उनले माओवादी शसस्त्र संघर्षको १० वर्षको छोटो अवधिमा प्राप्त गरेको राजनीतिक उपलब्धिसमेत गुमेको बताए ।

माओवादी जनयुद्धको साख गुमेकाले पुनः पुराना शक्तिहरु नेपालको राजनीतिमा हावी हुन पुगेको उनको विश्लेषण छ । उनले पुँजीवादको संकटको समाधान अब नयाँ किसिमको उन्नत प्रकारको वैज्ञानिक समाजवादबाट हुने स्पष्ट पारेका छन् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले सार्वजनिक रुपमै यस्तो प्रस्ताव राखेपछि लामो समय देखि वैज्ञानिक समाजवादकै लाइनमा बहस गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेताकार्यकर्ताहरु उत्साहित बनेका हुन् ।

आज (बिहीबार) प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ नामक अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यता प्रचण्डले पनि बाबुरामलाई यस्तैखालको आरोप लगाएका छन् ।

बाबररामले समाजवादलाई धेरै जोड दिएको तर कम्युनिष्टको विषयलाई नगण्य रुपमा लिएको भन्दै आपत्ति समेत जनाए । प्रचण्डले जसपा नेता बाबुराम भट्टराईलाई समाजवादी हुन कम्युनिष्ट पार्टी छोड्नै पर्छ ? भन्दै प्रश्न गरेका थिए ।

समाजवादी केन्द्रले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा भट्टराईले प्रचण्ड, माधव नेपाल लगायतालई तत्कालको चुनावी लोभ त्यागेर समाजवादको नयाँ मोडल विकासका लागि लाग्न आँट गर्न आग्रह गरेका थिए ।

‘त्यसो गर्न के हामीले माक्सवार्द, लेनिवाद, माओवाद छोड्न जरुरी छ ? ,’ पूर्वसहयोद्धा प्रचण्डको प्रश्न छ, ‘कम्युनिष्ट पार्टी छोडेर मात्रै त्यो सम्भव हुन्छ ? कम्युनिष्ट पार्टीबाट अब हुँदैन भन्ने विश्लेषणले क्रान्तिमा धेरै मद्दत नगर्ने उनले बताए ।

प्रचण्डले भने, ‘कम्युनिष्ट पार्टीबाट अब हुँदैन भन्ने कुराले क्रान्तिलाई धेरै मद्दत गर्दैन । धेरै नयाँ चिजको खोजी गर्छौं भन्दा भन्दै हामी कतै हराएको त होइन् ?’ माक्सवार्दका आधारभूत कुरामै आशंका गर्दा आफैँ हराउने खतरा रहेको प्रचण्डको भनाइ छ।

‘घटनाक्रमले पुष्टी बाबुरामजीले भनेको जस्तो मात्रै गरेका छैनन् । त्यो हुँदा न यता न उता हुने खतरा पनि भएको छ।’ यसरी आज भाषणका क्रममा जसपा नेता बाबुराम र माओवादी नेता प्रचण्डबीच घम्साघम्सी नै चलेको हो ।