नेकपा नेता रणवीर २८ महिना पछि रिहा
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका नेता भरत बम ‘रणवीर’ रिहा हुने भएका छन् । उच्च अदालत नेपालगंजले रणवीरलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि २८ महिनापछि रिहा हुन लागेका हुन् ।
रिहाईको माग गर्दै सवोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले एक महिनाभित्र फैसला गर्न उच्च अदालत नेपालगंजलाई परमादेश दिएको थियो ।
नेता रणवीरलाई प्रहरीले २८ महिना पहिले नेपालगंजबाटै गिरफ्तार गरेको थियो । उनलाई अदालतले पूर्पक्षका कारागार चलाउन गरेको थियो । लामो समय बर्दिया जिल्ला कारागार बसेका उनी फागुन २१ गते केन्द्रीय कारागार सुनधारा सरुवा भएको थियो ।
नेकपामाथिको प्रतिबन्धकै अवस्थामा रणवीरलाई गिरफ्तार गरेर प्रहरीले हात हतियार, राज्यद्रोहको मुद्धा लगाएको थियो । उनलाई बाँके, बर्दिया हुँदै केन्द्रीय कारागार सुन्धारामा राखिएको थियो ।
उनी शुक्रबार आदालतको रोहबरमा रिहा हुने नेकपाले जनाएको छ । पार्टीले धरौटी रकम जम्मा गर्ने प्रक्रिया अगाडी बढाएको छ ।