गगन थापाको स्वास्थ्य मन्त्री बन्ने बाटो खुल्यो, यसरी मिल्यो सेटिङ
काठमाडौँ – नेपाली काँग्रेसका नेता गगन थापा काँग्रेस सभापति शेरबहादुर देउवा सरकारमा सहभागी हुने भएको छन् । मन्त्रालयको भागवण्डामा काँग्रेसले राज्य मन्त्री राख्न नपाउने भएपछि गगनलाई चिण्ठा परेको हो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री देउवाले विदा गर्न भएका छन् । केही दिनअघि बालुवाटारमा डा. गोविन्द केसीसँग राज्यमन्त्री श्रेष्ठलाई उपयुक्त समयमा विदा गर्ने सहमति भएको थियो ।
तर, श्रेष्ठलाई राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गर्ने सम्भावना पनि रहेको बालुवाटार स्रोतको दावि छ । कोरोनाविरुद्धको खोप खरिद लगायतमा श्रेष्ठले राम्रो काम गरेको भन्दै तत्काल उनलाई हटाउने पक्षमा प्रधानमन्त्री नरहेको स्रोतको भनाइ छ ।
देउवाले उनलाई हटाउन मन नगरेपनि व्यक्तिगत स्वार्थ बाँझिएका कारण डा. गोविन्द केसीले अनसन बस्ने धम्की दिइरहेकाले हटाउनु नै राम्रो हुने विषयमा छलफल भइरहेको छ ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार समक्ष विभिन्न पाँच बुँदे मागहरु अघि सारेर भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उनको पहिलो माग थियो ।
स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य मन्त्री नियुक्त गरिएको भन्दै उनले तत्काल पदमुक्त गर्नुपर्ने बताएका थिए । पछि सरकारसँग यस विषयमा सहमति भएपछि उनको अनसन रोकिएको थियो ।
नेपाली कांग्रेसका नेता थापा निकट भएर काम गरिरहेका केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध सडकमा उत्रिउनुको मुख्य कारण पनि गगन थापालाई स्वास्थ्यमन्त्री बनाउनु रहेको थियो । पूर्वस्वास्थ्यमन्त्री थापा श्रेष्ठकै कारण देउवा सरकारमा मन्त्री बन्नबाट बन्चित भएका थिए ।
देउवाले आफै स्वास्थ्य मन्त्रालय राख्ने र श्रेष्ठलाई काम गर्न लगाएर आफै जस लिन खोजेका थिए । ‘अहिले कोभिड सरकारको मुख्य समस्या हो । यसलाई हल गर्नपर्छ ।’ गगन थापा निकट श्रोतले भन्यो, ‘स्वास्थ्य मन्त्रालयमा गगन आउँदा गगनले सिंगल जस लिन्छन, प्रधानमन्त्री देउवा ओझेल पर्ने भएर गगनलाई मन्त्री नबनाइएको हो ।’
‘त्यही भएर गगन थापा जसरी पनि स्वास्थ्य मन्त्री बन्न चाहेका छन् । त्यसका लागि स्वास्थ्य राज्यमन्त्रीलाई जसरी पनि कुसीबाट हटाउनु पर्यो ।’ प्रधानमन्त्री निवास बालुवाटार श्रोतले भन्यो, ‘त्यसका लागि उपयुक्त पात्र बनेका हुन् डा. गोविन्द केसी ।’
केसीको हरेक सत्याग्रहमा गगन थापाले साथ दिदै आएका छन् । डा. केसीले पनि गगनका लागि चुनाव जिताउन चुनावी अभियानमा सहभागी भएर कपनका जनतासँग भोट मागेका थिए । त्यतिबेला केसीको खुबै चर्चा भएको थियो ।
यही कारण श्रेष्ठलाई मन्त्रीबाट हटाउँदै अब हुने मन्त्री परिषद् विस्तारमा गगन थापाले पनि सपथ खाने छन् । उनी स्वास्थ्या बाहेक अर्को मन्त्रालयमा मन्त्री भएर जाने पक्षमा छैनन् । सुरुमा अर्थमा आँखा लगाएका उनले अर्थ माओवादीको भागमा परेपछि स्वास्थ्यमन्त्री हुन पर्ने बताउँदै आएका छन् ।