केपी ओलीले दिए भीम रावललाई अर्को धोका, माधव नेपाल खुशी

शुक्रबार, ११ भाद्र २०७८

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूले धोका भएको बताउन थालेका छन् । आफू निकटका नेताहरुसँग रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको बताउने गरेका छन् ।

माधव नेपाल खेमामा रहेर लामो समय काम गरेका नेता रावललाई पार्टी फुट्का एमालेमै बसेका थिए । माधव नेपालको पार्टीमा नगएपछि एमालेको कार्यवहाक अध्यक्ष दिने ओलीले बचन दिएका थिए । अहिले आएर आफूलाई कार्यवहाक अध्यक्ष नबनाएको भन्दै असन्तुष्ट बनेका छन् ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो हप्ताका लागि तोकिएको छ । त्यतिवेला सम्मका लागि कार्यबहाक अध्यक्ष दिने सहमति भएको श्रोतको भनाई छ ।

माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको छ । साथै महाधिवेशन र विधान सम्मेलनको मिति समेत तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार मंसिर १०, ११ र १२ गते पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको छ । त्यसअघि कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुनेछ ।

त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने छ । विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने पनि स्थायी कमिटी बैठकले गरेको छ । २ जेठ २०७५ मा कायम रहेका सदस्यहरु, त्यसपछि थप भएका र एकता प्रक्रियामा आएका कार्यकर्ताको पनि सदस्यता नवीकरण गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

स्रोतका अनुसार भीम रावललाई एमालेको दोस्रो अध्यक्ष वा कार्यबाहक अध्यक्ष बनाउन ओली सहमत भएका थिए । तर उक्त सहमति कार्यान्वयन नभएको रावल खेमाको भनाई छ ।

रावल ओलीपछिको सबैभन्दा शक्तिशाली र प्रभावशाली नेता भन्दैं चर्चा भइरहेका छ । उसो त रावललाई दशौं महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा पार्टी अध्यक्ष बनाउने बिषयमा पनि सहमति भएको बाहिरिएको छ ।

तर रावलले आफू अध्यक्ष उमेद्वार भनेर घोषणा भने गरिसकेका छैनन् । अध्यक्षको बन्ने भन्नेकुरा महाधिवेशनकै बेला किटान हुने उनले बताए । ‘पदको कुरा महाधिवशेनको बेलामा आउछ । हामीले १० बुँदे सम्झौता कार्यन्वयन गरेका हौं । अहिले हामीले पदको कल्पना नै गरेका छैनौ’ रावलले भने ।