अफगानिस्तानमा अमेरिकाको ड्रोन आक्रमण, कति भयो क्षेति ?
काठमाडौं – अफगानिस्तानमा अमेरिकी सैनिकले इस्लामिक स्टेट (आईएस)माथि ड्रोन आक्रमण गरेको छ । अमेरिकाकाले आइएसले काबुल विमानस्थिलमा विस्फोट गरेपछि त्यसको बदला लिएको हो ।
पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले जनाएको छ ।
मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ । आक्रमणमा अन्य साधारण नागरिकहरूलाई कुनै क्षति नभएको अमेरिकी सेनाले बताएको बीबीले उल्लेख गरेको छ ।
अफगानस्थानको काबुल विमानस्थलमा भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको थियो । बाहिर भएका ६ वटा बम विस्फोटका घटनामा १३ अमेरिकी सैनिकसहित ६० सर्वसाधारणको ज्यान गएको हो ।
उक्त घटनामा २ सयभन्दा बढी घाइते भएका थिए । आत्मघाती बम आक्रमण अन्तर्रास्ट्रिय आतंकबादी संगठन आईएसले गरेको थियो ।
अमेरिकी रास्ट्रपति जो बाइडेनले आक्रमणकारीलाई कारबाही गरिने बताएका थिए । आक्रमणले अगष्ट ३१ भित्रै काबुल छाड्ने अमेरिकी योजनामा कुनै बदलाब नआउने उनले प्रष्ट पारे ।
तलिबानले पनि घटनाको निन्दा गर्दै नागरिकको जीउधनको सुरक्षा गर्ने जनाएको छ । विमानस्थलबाहिर आतंककारी आक्रमण हुन सक्ने अमेरिकी चेतावनीको केही घन्टामै यो विष्फोट भएको हो ।
अहिले काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । हजारौं बिदेशी काबुल छाड्ने तयारीका लागि विमानस्थलमा जम्मा भएका छन ।
उद्दारको पर्खाइमा रहेका ४२ जना नेपाली सुरक्षित रहेको काबुल मामिला हेर्ने नेपालको दिल्ली नियोगले जनाएको छ । राजदूत निलाम्बर आचार्यले नेपाली सुरक्षित रहेको बताएका छन् ।
उनले आतंकबादी आक्रमणको खबर आइरहेकोले उनीहरुलाई काबुल विमानस्थलबाट टाढा जान अपील गरेका छन । परराष्ट्र मन्त्रालयले सबै नेपालीलाई उद्दारको प्रयास भइरहेको जनाएको छ ।