नेकपा माओवादीमा पहिरो, सयौँ युवाहरु एमालेमा प्रबेश

आइतबार, १३ भाद्र २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट एक सयभन्दा धेरै युवाहरु एमालेमा प्रबेश गरेका छन् । यत्रो संख्यामा युवाहरु एमाले प्रबेश गरेपछि माओवादीमा भूकम्प गएको छ ।

धादिङमा शनिवार आयोजित एक कार्यक्रममा थाक्रेका करिव १०० युवाहरु एमाले प्रवेश गरेपछि खुमलटारसम्म तरंग पुगेको हो ।

शनिबार थाक्रे ३ मा भएको संगठीत सदस्यहरुको भेलामा नेकपा माओवादी केन्द्र परित्याग गरि करिव एक सय जनाको एमाले प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र थाक्रे ३ का पार्टी अध्यक्ष निकेश तामाङ सहित सिङगो टोली एमाले प्रवेश गरेको हो ।

नेकपा एमाले थाक्रेका इन्चार्ज तथा जिल्ला कमिटी सदस्य तथा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले अबिर र खादा लगाएर सम्पूर्ण नवप्रवेशीलाई स्वागत गरेका थिर्ए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा थाक्रे गाउँपालिकाको उपाध्यक्ष अम्बिका रुपाखेती, एमाले जिल्ला कमिटी सदस्य गोकर्ण रुपाखेती, एमाले जिल्ला कमिटी सदस्य कुमार बैरागी लगायत एमालेबाट निर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरु लगायतको सहभागिता थियो ।