प्रचण्डलाई तह लगाउन निखिल उप्रेती पनि मैदान

मंगलबार, १५ भाद्र २०७८

काठमाडौं – अभिनेता निखिल उप्रेतीसहितको टिमले एउटा मोर्च खडा गरेको छ । हिन्दू राष्ट्र र एकीकृत नेपालको नारासहित एकीकृत शक्ति नेपाल नामक मोर्चा खडा भएको हो

मोर्चाको संयोजकमा पत्रकार देवप्रकाश त्रिपाठी रहेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा मोर्चाको घोषणा भएको हो ।

अभिनेता निखिल उप्रेतीले मोर्चाको घोषणापत्र पढेर सुनाएका थिए । मोर्चाका एक सदस्यका अनुसार पत्रकार त्रिपाठी संयोजक रहेको यो मोर्चालाई भविष्यमा राजनीतिक दलको रुपमा गठन गर्ने तयारी भैरहेको छ ।

मोर्चाको सक्रिय सदस्यको रुपमा निखिल समेत छन् । अभिनेत्री मनीषा कोइरालालाई पनि समूहमा ल्याउन छलफल भैरहेको तर, उनले कुनै निर्णय नदिएको ती सदस्यले जानकारी दिए ।

मोर्चाको घोषणा सभामा आफूलाई निम्तो आएपनि आफू नगएको र भविष्यमा राजनीतिक पार्टीमा लाग्ने इच्छा नरहेको अभिनेत्री श्वेता खड्काले जानकारी दिइन् ।

मोर्चा घोषणा लगत्तै त्रिपाठी र नायक निखिलसहितका पदाधिकारी भद्रकाली मन्दिरमा गएर सपथ खाएका थिए । घोषणापत्र पढेर सुनाउँदै नायक उपे्रतीले मूलधारका राजनीतिक दलले गर्दा देशको हालत बिग्रिएको भन्दै आलोचना गरेका थिए ।

मोर्चाको उद्देश्य जातिय राजनीति हुन नदिने, राष्ट्रवादी शक्तिलाई एकढिक्का बनाएर लैजाने, संघीयता खारेजी गर्नुपर्ने र हिन्दू राष्ट्र कायम गर्नुपर्ने लगायतका माग छन् ।

डा. रामहरि उप्रेती महासचिव रहेको मोर्चालाई पार्टीकै रुप दिने वा मोर्चाकै रुपमा निरन्तरता दिनेबारे कुनै निर्णय नभएको ती सदस्यले जनाए ।

यो घोषणाले धर्मनिरपेक्षताको ओकालत गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमहल दाहाल प्रचण्डलाई झट्का लागेको छ । यो अभियानले प्रचण्ड लगायतका हिन्दु विरोधी तत्वहरुलाई परास्त गर्ने छ ।