इण्डीया विरुद्ध मैदानमै उत्रियो एमाले
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालले इण्डीया विरुद्ध मैदानमा उत्रिएको छ । दार्चुला घटनामा सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गरेको भन्दै तत्काल सत्यतथ्य कुरा बाहिर ल्याउने माग गरेको छ ।
एमालेले दार्जुलाका जयसिंह धामीको ज्यान गएको महिना दिन वितिसम्दा पनि देउवा सरकारले खुट्टा कमाएर बसेको भन्दै कडा शब्दमा आलोचना गरेको छ । छानविन समितीले प्रतिवेदनसमेत दिइसकेको अवस्थामा सरकारले आटलाट गर्ने र टार्ने पारा ल्याए पछि एमाले एक्सनमै उत्रिएको छ ।
विज्ञप्तीनै जारी गरेर एमालले तत्काल ठोस कदम चाल्नका लागी सरकारलाई चेतावनी नै दिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर बेपत्ता भएका जयसिंह धामीलाई न्याय दिलाउने कुरामा सरकारले लाचारी देखाएको भन्दै आपत्ति जनाएको छ।
एमाले प्रवक्रा प्रदीप ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहलसमेत गर्न नसेको आरोप लगाएका छन्।
‘आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै नेकपा (एमाले) यस अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ ।’
धामी नदीमा बेपत्ता भएको एक महिनाभन्दा बढी समय बित्दा पनि सरकार यो घटनालाई थापथुम पार्न लागेको आरोप एमालेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा छानविन गर्न गठित समितिको म्याद पटक९पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको छ।’