प्रचण्ड–माधवको गोप्य प्लान चौपट, एमालेमा खुशीयाली

बिहिबार, १७ भाद्र २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गोप्य प्लान चौपट भएको छ । नेपालका सम्धीसहित ४ जना सांसदलाई बचाउने बनाएको प्लान चौपट भएको हो ।

नेकपा एमाले परित्याग गरि नेकपा एसमा प्रवेश गर्न खोज्दा निर्वाचन आयोगले सनाखत गर्न नमाने पछि विचल्लीमा परेका माधव नेपालका सम्धी सोमप्रसाद पाण्डे सहितका ४ जना सांसदलाई उद्दार गर्न प्रचण्ड र माधव नेपालले बनाएको प्लान चौपट भएको हो ।

एमाले फुटाउँने अध्यादेश ल्याएर चर्को विरोध खेप्न परेका देउवालाई प्रचण्ड र माधव नेपालले अर्को अध्यादेश ल्याएर उनीहरुको जागिर बचाउने योजना बनाएका थिए । देउवाले उक्त प्रस्ताव अस्वीकार गरेपछि प्रचण्ड–माधवलाई झट्का लागेको छ ।

स्वार्थको लागि जे पनि गर भनेर पारा देखाए पछि यिनीहरुले लोकतन्त्र मात्रै होइन काग्रेसलाई पनि सिध्याउँछन् भनेर देउवा तर्सिएका छन् । सत्तासाझेदार प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालका सम्धी पाण्डे सहितका ४ जना सांसदहरुलाई उद्धार गर्नको लागि फेरी अर्को अध्यादेश ल्याउँन देउवालाई अनुरोध गरको तर देउवाले ठाडै अस्विकार गरेका हुन् ।

‘माधवजीको पार्टी निर्वाचन आयोगमा दर्ता त भयो तर, उहाँलाई अझै केही कानुनी जटिलता छन्, कसरी जान सकिन्छ ?रु’, ‘यो जटिलता फुकाउन पाए हामी अझ मजबुत हुने थियौँ ।’भन्दै प्रचण्डले मुख खालेका थिए ।

प्रचण्डको कुरा भुइँमा खस्न नपाउँदै माधव नेपालले ‘अध्यादेशका सवालमा हामीले प्रदेश र स्थानीय तहका प्रतिनिधिका बारेमा ध्यान पुर्याए पनि संघीय सांसदका बारेमा त्यति धेरै ‘सेन्स’ लगाउन सकेनछौं ।’ भन्दै देउवालाई मनाउँने कोसिस गरे उनीहरुको दाउ अर्को अध्यादेश ल्याएर माधवका सम्धी लगायत चार जनाको उद्धार गर्ने भन्नेमा थियो ।

प्रचण्ड र माधवको दाउ बुझ्ने वित्तिकै देउवा झस्किएका थिए । देउवाले तुरुन्तै प्रतिक्रिया दिदै यस्तो सिरियस कुरामा म अहिलेनै तपाइहरुलाई केही भन्न सक्दीन पार्टीमा सल्लाह गर्नुपर्छ भन्दै टाडिएका थिए । अर्को भेटमा देउवाले यो प्रस्ताव कुनै हालतमा आफूलाई मान्य नहुने जनाउ दिएका थिए ।

काँग्रेसका महत्वपुर्ण नेताहरुले दल विभाजनसम्बन्धी अध्यादेश पुनः संशोधन गर्दा सरकारको मात्रै नभएर काँग्रेसकै बदनाम हुने भन्दै त्यसो नगर्न सुझाव दिएका थिए काग्रेस पार्टीकै लागी धेरै ठूलो व्याक फायर हुने निचोडमा पुगे पछि माधव प्रचण्डको प्रस्तावले हावा खाएको थियो ।

‘संघीय सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदा देवी भट्ट नेता नेपालको पार्टीमै रहन चाहे पनि उनीहरुले यसअघि दल दर्ताका लागि नेता नेपालले भदौ २ मा दिएको निवेदनमा नाम थिएन । तर, पछि सात गते उनीहरुले छुट्टै निवेदन दिएर नेपालको पार्टीमा रहन पाउनुपर्ने माग गरेका थिए । उनीहरुको उक्त निवेदनलाई आयोगले मान्यता दिएको थिएन । भदौ ९ गते नेता नेपालको पार्टीले मान्यता पाइसकेको छ ।

यस्तो अवस्थामा माधवको पार्टीमा आउन चाहेर पनि नियमत ती सांसदहरु पद जोगाउन एमालेमै बस्नुपर्ने हुन्छ । यदि उनीहरु नेता नेपालकै पार्टीमा जाने निर्णय गरेमा सांसद पद त्याग्नुपर्ने हुन्छ । यही गाँठो फुकाउन प्रधानमन्त्री देउवालाई प्रचण्ड र माधवले अध्यादेश संशोधनको प्रस्ताव गरेका हुन् ।

तर, यसमा देउवा सकारात्मक नभएपछि, अव उनीहरुको हकमा नेता नेपालको पार्टीले अन्य कानुनी उपाय खोज्ने तयारी गरेको छ ।