तपाईँ किन जन्मिनु भएको हो ? थाहा पाउनुहोस्

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौँ – एक पटकको कुरा हो, एउटा पहाडी थुम्कोमा एउटा चिलको गुँड थियो । बेस्सरी हावा चलेकाले चिलको गुँडबाट एउटा अण्डा तल मुँईमा खस्यो ।

त्यो बाजको फुल (अण्डा) पहाडबाट गुड्किंदै आएर एउटा समथर ठाउँमा पुग्यो । अन्त्यमा त्यो फूल एउटा कुखुरीको खोरमा पुग्यो । कुखुरीले चिलको सानो अण्डा (फुल) लाई देखेर भन्न थाली, ‘यो कुखुरीको अण्डा कस्तो अनौठो देखिएको छ, तर पनि म यसलाई लिएर ओथारो बस्छु । आफ्नो सानो चल्ला बनाउँछु ।’

कुखुरी त्यो फुल लिएर ओथारो बसी, जबसम्म त्यस फूलबाट बाजको चल्ला निस्किएन । जब चुच्चाले फुल फुटाएर बाजको चल्ला बाहिर निस्कियो अनि त त्यो ठूलो चुच्चो, ठूला खुट्टा र पखेटा थिए।

आमाचाहिँले सानो चरोलाई हेरेर भन्न थाली ‘कस्तो अनौठो देखिने चुच्चो छ, तर पनि तिमी मेरो नयाँ कुखुरी बन्न सक्छौं ।’ जबकि त्यो चरा बाजको जीन र क्रोमोजम लिएर जन्मिएको थियो । तर त्यो कुखुरीको खोरमा जन्मेको थियो ।

त्यसैले उ कुखुरो जस्तै सोच्ने गर्थ्यो । त्यसैले त्यो बाजको चल्ला कुखुरीले जस्तै हिँडडुल गर्थ्यो । त्यस्तै बोल्ने गथ्र्यो, कुखुरीलेजस्तै सोच्दथ्यो । सपना पनि त्यस्तै देख्ने गथ्र्यो । त्यो कुखुराको सबैभन्दा ठूलो सपना थियो, ऊ एकदिन घरको कोसीसम्म पुग्न सक्नेछ ताकि ऊ पनि ठूलो कुखुरा जस्तै त्यहाँबाट हाम्फाल्न सकोस् ।

उसले सोच्यो, यदि उसले त्यसो गर्न सक्यो भने त ऊ अरु कुखुराभन्दा फरक देखिए तापनि ती अरु कुखुराहरुले उसलाई हाँसोमा उडाउने छैनन् । तर जब ऊ हरेक पल्ट त्यो सपना देख्ने गर्थ्यो अनि ऊ आफैसँग भन्ने गर्थ्यो, ‘तिमी कहिल्यै पनि त्यो कौसीमाथि पुग्न सक्दैनौ, सबै सधैंभरि भन्ने गर्छन, कुखुरी कहिल्यै पनि उड्न सक्दिन ।’

त्यसैले उसले पनि कोसिस गरेन । त्यसले पनि हार मानेर बस्यो र उसको जीवन त्यतिकै चलिरह्यो। एकदिन जब त्यो कुखुराको खोरबाट बाहिर आएको थियो, त्यतिबेला उसले अहिलेसम्म नदेखेको अचम्मको दृश्य देख्यो ।

उसले एउटा चिल आकाशमा शानसँग उडिरहेको दृश्यलाई देख्यो । त्यो सानो पंक्षी यति आश्चर्यमा पर्यो कि त्यसले आफ्नो सम्पूर्ण शक्ति लगाएर चिच्याएर कराउँदै भन्यो, ‘तिमी को हौ ? तिमी को हौ ?’ त्यो विशाल आकारको बाजको सुन्ने र देख्ने शक्ति ज्यादै ठूलो थियो ।

त्यसैले त्यो सानो पक्षीले बोलाएको सुनेर त्यो ठूलो बाज सानो चिल भएतिर सिधै आयो । ठूलो चिलले भन्यो, ‘म को हुँ ? पहिले तिमी भन, तिमी को हौ ?’ सानो पंक्षीले जवाफ दियो, ‘म त एउटा कुखुरा हुँ ।”

ठूलो बाजले सानो बाजको आँखातिर हेर्दै भन्यो, ‘तिमी मेरो अनुहारलाई हेर, तिमी त दुरुस्त मजस्तै छौ, आफ्नो चुच्चोलाई हेर, तिमी बिल्कुल मजस्तै छौ। तिमी आफ्नो चुच्चोलाई हेर अनि म भएतिर हेर । अनि मेरो पखेटा हेर, तिमी पूरै मजस्तै देखिएकाछौ।। फुच्चे तिमी कुखुरा होइनौ, तिमी त बाज हौ । तिमी आफ्नो पखेटा फट्फटाऊ र चिलजस्तै भएर उड । किनकि तिमी चिल भएर जन्मिएका छौ।’

सानो पंक्षीले पखेटा फटफटायो… अनि त्यो चरा उड्न थाल्यो, त्यसपछि ऊ बादल माथिबाट उडेर गयो । मित्रहरु, तपाईं पनि कुखुरा बनेर जन्मिनु भएको होइन, तपाईं चिल भएर जन्मिनु भएको छ । त्यसैले तपाई पनि बाजले जस्तै उड्नुहोस्, किनकि तपाईंको जन्म बाजको रुपमा भएको छ।