नेपाली सेनाले खोल्यो विज्ञापन, ४ हजार जना माग
काठमाडौँ – नेपाली सेनाले विज्ञापन खोलेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले
सैन्य पदका लागि विज्ञापन खोलेको हो ।
विज्ञापनमा ४ हजार सैनिक माग गरिएको छ । २०७८ साल भदौ १८ गते पहिलो पटक प्रकाशन भएको विज्ञापनका विभिन्न क्लस्टरबाट ४ हजार सेनिक माग गरेको हो ।
नेपाली सेनाले सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पद खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न विज्ञापन खोलेको हो । विज्ञापनमा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकलाई आवेदन दिन भनेको छ ।
आवेदन दिन निवेदन आफै स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न आव्हान गरेको छ । कर्तव्य पालनाको सिलसिलामा खुल्ला तर्फ अशक्त÷मृत्यु भएका नेपाली सैनिकका
सन्ततीलाई पनि आवेदन दिन भनेको छ ।
दरखास्त पेश गर्ने मिति अन्तिम २०७८ साल असोज १६ गतेसम्म रहेको छ । समयमा निवेदन दिन नसकेका उमेदवारका लागि दोब्बर दस्तुर बुझाई असोज १७ गतेदेखि २४ गतेसम्म कार्यालय समय भित्र दर्ता गर्न भनिएको छ ।
दरखास्त फाराम वितरण भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाको हकमा नारायणहिटी स्थित श्री नेपाल क्याभलरी, उत्तर तर्फको खेल मैदान र अन्य भर्ना केन्द्रहरुको हकमा सम्बन्धित भर्ना केन्द्रहरुबाट प्राप्त गर्न सकिने छ ।
दरखास्त फाराम वितरण सोही केन्द्रमा बुझाउन सेनाले भनेको छ । सबैभन्दा धेरै जङ्गी अढ्डाले आवेदन माग गरेको छ ।

