राज्यमन्त्री हराएको सूचना

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौँ – सुदूरपश्चिम प्रदेशकी एक राज्यमन्त्री सम्पर्क विहिन भएकी छिन् । आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज एका–एक गाएव भएकी हुन ।

डोटीबाट नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रेदशसभा सदस्य एबम् आर्थिक मामिला तथा योजना राज्य मन्त्री गहतराज १५ गतेदेखि हराएकी हुन् । नेकपा एमाले फुटेर बनेको समाजवादी पार्टीको पक्षमा सनाखत गर्न ठिक्क परेर उनलाई एमाले नेताले अपरण शैलिमा वेपत्ता बनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) औपचारीक विभाजन पछिको जनप्रतिनिधिहरुले पार्टी रोज्ने अभियान देशैभर चलिरहेको छ । प्रदेश स्थित निवार्चन आयोगमा वडा सदस्य देखि प्रदेशसभा सदस्यहरुले दल रोजेको सनाखत गरिरहेका छन् ।

विशेष गरी नेकपा एमालेबाट विद्रोह गरेर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)ले हरेक प्रदेशमा राजनैतिक सरगर्मी बढाएको छ । यही प्रभावका कारण राज्यमन्त्रीलाई अनौठा पाराले गायव पारिएको छ ।

भदौ १६ गते निर्वाचन आयोगको कार्यालयमा दस्तखत गर्ने भनेकी उनलाई एमाले डोटीका अध्यक्ष चक्र मल्लले अपहरणशैलीमा १६ गते डोटी पुर्गाएको बुझिएको छ । मल्ल एकीकृत समाजवादी पार्टीमा दस्तखत गर्न लागेको सुइको पाए लगत्तै राति १ बजे डोटीबाट कैलाली झरेका थिए ।

बहालवाला राज्यमन्त्री एकाएक मन्त्रालय छोडेर गाएब भएपछि सुदूरपश्चिममा हल्लाखल्ला मच्चीएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेर लागेकी गहतराजलाई दस्तखत गर्न बन्देज गराउने नियतका साथ मल्ललाई रातरात डोटी पुर्याइएको श्रोतको दावि छ ।

राज्यमन्त्री गहतराजका श्रीमानले मन्त्री गहतराज डोटी गएको पुष्टि गरेका छन् । त्यहाँ विभिन्न कार्यक्रमहरुमा सहभागी हुनका लागि गएको उनको भनाई छ । पार्टीका नेताले कार्यक्रममा बोलाएपछि तहँँ गएको उनको भनाई छ ।

१५ गते धनगढी स्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एकीकृत समाजवादी) १३ जना सांसदले सनाखत गर्ने तयारी थियो ।