भाग्यले बाँचेका ९३ बर्षका बृद्धले खोले संखुवासभा घटनाको रहस्य

शनिबार, २६ भाद्र २०७८

संखुवासभा – संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरण रहस्यमयी बन्दै गएको छ । घटना भएको लामो समय भइसक्दा पनि प्रहरीले कुनै क्लू फेला पार्न सकेको छैन ।

यसै बिच घटनामा जिबित रहेका वृद्ध बुवा केही मिडियामा त्यस घटनाको थप विवरण बताएका छन। परिवारको सबै सदस्यको रहस्यमय तरिकाले हत्या हुँदा बुवा बृद्द भने जिबितै छन् ।

घटना अनुसन्धानका लागि सिआईबीको टोली पनि खोला गाउँमै छ । सिआईबीको नेतृत्व गर्दै डिएसपी रुकमबहादुर कुँवरसहितको टोली मंगलबार घटनास्थल आइपुगेको हो ।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

कान कम सुन्ने र आखाँ कम देख्ने बृद्ध बुवाले विहान उठ्दा अच्चमको घटना देखेको बताएका छन् । संगै सुतेका श्रीमान श्रीमती विहान उठ्दा श्रीमती नदेखेपछि खोज्न गएको बताएका छन् ।

‘उनले बुढी खोले पकाउने गोठमा गएकी छ की भनेर खोज्न गएँ, त्यहाँ जाँदा त लडेकी पो रहिछ ।’ उनले भनेका छन्, ‘उसको यस्तै लड्ने रोग थियो । दुई घण्टामा ठिक हुन्छ भनेर गोठबाट उठाएर घरको खाटमा सुतायो । त्यसपछि कहिल्यौ उठिन् ।’

घरमा अव उनी एक्लै छन् । घटनापछि छोरी र नातिनीहरुको आगमन भएको छ । विवाह गरि गएका छोरी नातिनीहरुले अहिले घर व्यवहार धानिरहेका छन् ।

यो घटना निकै रहस्यमय भन्दै प्रहरीले पनि खास्सै गतिलो प्रमाण भेटाउन सकेको छैन् ।

https://www.youtube.com/watch?v=BEWUkrW0yZs&t=383s