सफल सम्बन्धका जादुमय सूत्रहरु
मलाई प्रायः हरेक दिनजसो सफल र आनन्ददायक सम्बन्धको रहस्य के होला भनेर सोध्ने गरिन्छ । त्यो चाहिँ म र मेरी श्रीमतीको सम्बन्धका कारण सोधिएको हो ।
म र मेरी श्रीमती जहिले पनि सँगै हुन्छौं । कतिसम्म भने हामी एउटै अफिसमा काम गछौं, एकै किसिमको काम गछौं, एउटै किसिमले रमाइलो गरिरहेका हुन्छौं । हामी लगभग २४ घण्टासँगै हुन्छौं (कहिलेकाहीं बाहेक) ।
यस्तो अवस्थामा धेरै मान्छेहरु छक्क पर्छन्, ‘हामी एकअर्कासँग यति मजाले कसरी सुखी हुन सक्छौं ? यसको रहस्य के हो ?’ रहस्य के हो भने हामी एकअर्कालाई प्रेम गर्न पनि ज्यादै मिहिनेत गछौं ।
मलाई एउटा दम्पत्तिले यसको बारेमा चर्चा गरेको कुरा याद आयो । उनीहरु ५० वर्षभन्दा बढीको वैवाहिक जीवन बिताइरहेका थिए । मेरो बिहे हुनुअघि उनीहरुले सल्लाह दिएका थिए, ‘प्रेम एउटा भावभन्दा बढी निर्णय लिनु हो ।’
उनले थप भनेका थिए, ‘यदि तपाई प्रेम गर्छ भन्नुहुन्छ भने प्रेम गर्ने निर्णयमा अडिग रहनुहोस् र त्यसपछि पहिलेभन्दा बढी तपाईले गर्न थाल्नुहुन्छ ।’ अनि अर्को कुरा चाहिँ, हामी प्रायः हरेक कुराका बारेमा बात माछौं ।
हामीलाई पर्ने हरेक समस्या र व्यवधानका बारेमा हामी खुलेर कुरा गछौं । हामीमा एउटा साधारण लोग्नेस्वास्नीबीच हुने लडाईं पनि हुन्छ र त्यो लडाईं हामी यसरी लड्छौं कि अन्त्यमा कसैले हार्दैन । दुवैले जित्छौं ।
यही सूत्र हामी हाम्रो व्यवसायिक जीवनमा पनि लागू गछौँ र हामीले अन्त्यमा जित नै हासिल गछौँ । हामी, ‘जित–जित’ लक्ष्य लिएर हिँड्छौं । उद्देश्य हुन्छ, ‘दुवैले जित्ने ।’ यसका लागि हामीले बहस गर्नै छाडिदिएका छौं, कसको भूमिका बढी र कसको कम !
आखिरमा हात पर्ने जित नै सबैभन्दा ठूलो कुरा हो । हामी कहिल्यै पनि एकअर्काका “विरुद्धू कुरा र काम गर्दैनौँ बरु एकअर्काको साथ र सहयोगको कुरा गछौँ । र, जब हामी एकअर्काको साथ र सहयोगको कुरा गछौं, त्यतिबेला बहस हुने, झगडा हुने सम्भावना नै रहँदैन ।
झगडा गर्नका लागि दुई जना आवश्यक पर्छ । दुई जना भए पनि झगडा गर्ने एक जना झगडामा सहभागी हुँदैन भने तपाईं एक्लै झगडा गर्न सक्नुहुन्न । तपाईंसँग झगडा गर्ने कि नगर्ने भन्ने छनोटको विकल्प हुन्छ । अनि झगडाको विकल्प के हुन्छ भने तपाईंले एकअर्कासँग छलफल गर्न सक्नुहुन्छ ।
झगडा शुरु भएको मूल कुरोमाथि विचार–विमर्श गर्नसक्नु हुन्छ । त्यसका राम्रा–नराम्रा कुराहरु केलाउनु हुन्छ । यदि विचार–विमर्शबाट तपाईंको झगडाको टुङ्गो लागेन भने पो चर्को बहस हुने हो, चर्को बहस हुँदा तपाईं रिसाउन सक्नुहुन्छ, फन्किन सक्नुहुन्छ र अन्त्यमा झगडाको पटाक्षेप मुक्का र लातमा सकिन्छ ।
मुक्का र लातपछि दुवै पक्ष यति खराब युद्ध जित्न चाहन्छन् कि यो कुरालाई उनीहरुले पछिसम्म तानिरहन्छन् र झगडाको अन्त्य कहिल्यै चाहँदैनन् । हरेक पक्ष आफ्नै जित चाहन्छ। यसको परिणाम प्रतिशोध मात्र हुन्छ। र, प्रतिशोधका लागि कतिपय अवस्थामा यस्तो नमीठो वाक्य एकअर्कालाई भनिन्छ, ती नमीठा वाक्यले सम्झौतालाई सयौँ कोस टाढा पुयाइदिन्छ ।
त्यसपछि सम्बन्ध र सम्वाद सकिन्छ। यस्ता वाहियात् कुरामा हामी किन अल्झिने ? थोरै धैर्य गरौं र एकअर्कासँग खुलेर कुरा गरौं, बुझाउन प्रयास गरौं आफ्ना कुरा । एकअर्काको विरुद्धमा होइन, एकअर्काको साथ हुने कुरा गरौं । यसले जीवन मधुर बनाउँछ ।