एकीकृत समाजवादी पार्टीले लियो सरकारलाई दिएको समर्थन फिर्ता

आइतबार, २७ भाद्र २०७८

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यो बागमतची प्रदेशको खवर हो ।

नेकपा एस वबागमती प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यस्तै नेकपा एस बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका थिए । उनकै अध्यक्षतामा बसेको बैठकले अष्टलक्ष्मी शाक्यलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

ज्येष्ठ सदस्य सांसद माधव पौडेलको अध्यक्षतामा आइतबार बसेको नेकपा (एस) को पहिलो संसदीय दलको बैठकले पाण्डेलाई दलको नेताको रुपमा चयन गरेको हो ।

प्रदेशसभा सचिवालयमा एमालेको विभाजन भएर गठन भएको नेकपा (एस) मा सनाखत गरेका १३ सांसदहरुलाई मान्यता दिँदै नामावलीसहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएसँगै दलको चयन गरिएको हो ।

बैठकले संसदीय दलको विधान पारित गरेको र अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता पाण्डेले जानकारी दिए । नेकपा (एस) ले प्रदेशसभा सचिवालयभित्रै संसदीय दलको कार्यालयसमेत स्थापना गरेको छ ।

नेकपा (एस) आधिकारीक रुपमा प्रदेशसभामा दर्ता भएसँगै वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ । वाग्मतीमा नेकपा (एस) १३ सांसदसहित चौथो दल भएको छ ।