प्रहरीले लुकायो बिपना सुबेदी आत्महत्याको घटना, लाखौँ आर्थिक चलखेलको आशंका
चितवन – भरतपुर महानगरपालिका वडा नं ५ (स्वामी चोक) स्थित आफ्नै मामा घरमा बस्दै आएकी वर्ष अन्दाजी २३ की बिपना सुबेदीको मृ त्यु (आत्म हत्या/लागु औंषध ओभरडोज सेवन) को घटनालाई प्रहरीले नियोजित रुपमा गुपचुप राखेको पाईएको छ ।
गत आषाढ १४ गते राती भएको सो (आत्माहत्या) मृ*त्यु प्रकरणमा शबसँगैं भेटिएको एक झोला बढी लागुऔंषध कसले कहाँबाट कसरी सो स्थानमा ल्यायो भन्ने बारे तथ्य लुकाउनु र घटनाका सम्बन्धमा सम्पूर्ण बिबरणहरु चितवन प्रहरीले प्रेसमा सार्बजनिक नगरी यतिका दिनसम्म गुपचुप राख्नुले सो आत्महत्या प्रकरण थप रहस्यमय बनेको हो ।
आफन्तहरुसँगको मिलेमतोमा चितवन प्रहरीका प्रवक्ता, प्रमुख लगाएतका प्रहरी अधिकृतहरुले घटनालाई गुपचुप राखेको पाईएको हो । अत्याधिक लागुऔषध सेवनको कारण मृत्यु भएको सो घटना र मृत्यु भएको शब सँगै भटिएको ठूलो परिमाणको लागुऔषधलाई किन सार्बजनिक गरिएन ? त्यो लागुऔंषध कहाँबाट आयो ? अन्य स साना दुर्घटना र आत्महत्याका घटनाहरुबारे जानकारी दिने जिल्ला प्रहरी कार्यालय चितवनले उक्त घटनालाई गुपचुप बनाउनुको कारण के हो भन्ने कयौं अनुत्तरित प्रश्नहरुको कारण (आत्माहत्या) मृत्यु प्रकरण घटना नैं थप रहस्यमय र शंकास्पद देखिएको हो ।
मृत्यु भएकी युवतीको शव सँगै थप करिब एक झोला लागु औषध समेत बरामद गरेको प्रहरीले सो लागु औषध बारे हालसम्म प्रेसलाई जानकारी दिएको छैन । उक्त प्रकरणमा प्रहरीले घटनासँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक नगर्नुले कता प्रहरी सँगैको मिलेमतोमै परिवारले घटनालाई गुपचुप राखेको त होइन भन्ने आम आशंका व्याप्त बनेको छ । भरतपुर ११ नौंरगै स्थायी घर भएपनि लामो समयदेखि मृतक सुबेदीका स–परिवार अमेरिका बस्दैं आएको कारण विगत करिब ५ वर्ष देखि मामा घरमा बस्दै बिएन नर्सिङ्ग पढदै गरेकी उनी भरतपुरको अस्पताल रोडमा रहेको सप्तगण्डकी अस्पतालमा स्टाफ नर्समा कार्यरत थिईन ।
सुबेदीको मृत्युलाई परिवार र प्रहरी दुवै तर्फबाट गुपचुप राखिएको देखिन्छ । मृतकका परिवारले उनको मृत्युलाई किन लुकाउन चाह्यो त्यो उनीहरुको आफ्नै कारण हुन सक्ला तर प्रहरीले समेत घटना गुपचुप बनाउनुले कतै मृतकको शब सँगै कोठाबाट भेटिएको एक झोला लागुऔषधको डिलर (सप्लायर्स)लाई जोगाउन त यो सब नाटक मञ्चन गरिएको होइन भन्ने आम आशंका पैदा भएको छ ।
सो लागु औषध सप्लाई कस्ले ग¥यो भन्ने प्रहरीले खोजीनीति नगर्नु वा गरेको भए प्रेसमा सार्वजनिक नगर्नुले प्रहरी जनउत्तरदायी नभएको देखिन्छ । घटना सुनियोजित रुपमा गुपचुप राखिएको मृतक युवतीको फेसबुक अकाउण्टबाट पनि प्रष्ट हुन्छ । आजको सूचना सञ्चारको युगमा बिश्वको जुनसुकै कुनामा घटेको सानो घटना किन नहोस त्यो सार्बजनिक भएलगत्तै कतिपय त भाईरल नै हुने गर्दछ ।
अहिलेको युगमा बाटोमा एउटा कुकुर बिरालो मर्दा त सामाजिक सञ्जालमा ‘रिप’ लेख्ने चलन छ । तर देशकै केन्द्रविन्दु चितवनको मुटु भरतपुरकी ति युवतीको मृत्युमा भने न त ‘रिप’ र श्रद्धाञ्जली दिईएको छ न त परिवारलाई समवेदना नै । उनको मात्र होईन मृतकको आमा, मामा, दिदीबहिनी लगाएतका सम्पूर्ण आफन्त ईष्टमित्र एवं साथीभाईहरु कसैले उनलाई श्रदाञ्जली दिएको देखिदैन् ।
मानौ बिपना सुबेदी अहिले पनि ज्यँुदै छिन् । उनको फेसबुकमा ४ महिना १२ दिन अगाडीको उनको जन्म दिनमा १८ जनाले त् उनको टाईमलाईन मै शुभकामना दिएको देखिन्छ । त्यस्तै ७७ फागुण ७ गतेको उनको एउटा फेसबुक पोष्टमा ५२ जना साथीहरुले कमेण्ट गरेका छन् । त्यस्तै फागुण २१ कै अर्को पोष्टमा ४२ जना साथीहरुले कमेण्ट गरेको देखिन्छ ।
उनको निधन भएको यतिका दिन भईसक्दा पनि न आफन्त र नातेदार न साथीभाई कोही कसैबाट उनको मृत्युमा श्रद्धाञ्जली व्यक्त गरेको देखिन्न । यसले पनि लागुऔषध सेवन द्धारा मृत्यु भएकी ति युवतीको मृत्यु शंकाष्पद देखिन्छ र घटनालाई परिवारले सबैतिरबाट गुपचुप राख्ने प्रयास गरेको प्रमाणित हुन्छ । मृतक सुबेदीका निकटस्थ साथीहरु, अस्पतालमासँगै काम गर्ने स्टाफहरु र स्कुल कलेजसँगै पढेका उनका हितैंषीहरुलाई उनको आत्महत्यासँग सम्बन्धित कुनैपनि बिषय अन्यत्र कोही कसैसँग नर्गन उनका एक आफन्तले उर्दी नै जारी गरेको पाईयो ।
सो आत्महत्याको बिषयमा सोध्दा उनीहरुले मुख खोल्न डराए । हामीले मृतककी हितैषीहरुसँग कुरा गर्ने प्रयास गर्दा शुरुमा हामीसँग कुरा गर्न खोजेकाहरु पनि पछि कुरा गर्न चाहेनन् । उनीहरु किन मुख खोल्न डराएका रहेछन भनि हामीले बुझ्दा मृतककी साथी एक जना स्टाफ नर्सले केहि कुरा नगर्नु भनि उनका आफन्तले धम्की दिएको बताईन् । उनले डराउँदै हामीसँग भनिन् जिल्ला प्रहरी कार्यालयबाट बोलाएमा वा प्रहरीले सोधेमा मात्र कुरा गर्नु अरु कोही कसैसँग केही कुरा नगर्नु भनेकाले म कुरा गर्न सक्दिन भन्दै उनी कुरै गर्न चाहिनन् । मृतक सुबेदीका एक दर्जन बढी साथीहरुसँग हामीले कुरा गर्न खोजे पनि उनीहरु मुख खोलेमा प्रहरी र परिवारको तनाब झेल्न पर्ने भयमा परेको देखियो ।
भरतपुरमा मात्र मृतकका दैनिक जसो अढाई दर्जन बढी साथीसँग हिमचिम रहेपनि उनको मृतयुबारे कोही नबोल्नुले सो मृत्यु प्रकरण थप रहस्मय देखिन्छ । सुबेदी मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान कुनैपनि कोणबाट स्पष्ट र पूर्ण देखिन्न । एकातिर अरु सबै घटना र्दुघटनाबारे जानकारी दिने प्रहरीले यो अत्याधिक लागुऔषध सेवन ९ओभर डोज०को घटना किन सार्बजनिक गरेन यसै शंकास्पद देखिन्छ । अर्को तर्फ शबसगै भेटिएको ठुलो परिमाणको सो लागु औषध कहाँबाट आयो ? मृतकलाई कसले दियो ? मृतकलाई लागुऔषध दिनेहरु तर्फ अनुसन्धान किन गरिएन ? यी र यस्तै यावत प्रश्नहरु उठेकोले प्रहरी अनुसन्धान पित्तलो, अधुरो र शंकास्पद देखिन्छ ।
जिल्लामा घटेका अन्य साना–साना घटनाको पनि जानकारी दिने प्रहरीले यो गम्भिर घटना बारे प्रेसलाई जानकारी नदिनुले प्रहरी अनुसन्धान नै शंकाको घेरामा परेको हो । जिल्लामा घटेका अक्सर अन्य आत्महत्याका घटनाहरु बारे प्रेस नोट जारी गर्ने प्रहरीले यो घटनालाई सामान्य घटना भन्दै यथार्थ सार्बजनिक नगर्ने प्रहरीको कार्यशैली सबै काणबाट शंकाष्पद देखिन्छ ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालयमा लेनदेन सम्बन्धि मुद्दावालाहरुको घुँइचो नै देखिन्छ । त्यसमा पनि मिटर व्याजी र अवैध ढुकुटीवालाहरुको विगविगी बढेको देखिन्छ । लेनदेनको केश प्रहरीले हेर्न नमिल्ने भए पनि जिल्ला प्रहरीको गेटै छेउमा उजुरी तथा छानविन इकाईको दैनिक काम नै त्यहि हुन्छ ।
एक जना सई र अरु दुई तीन जनाको जनशक्ति लेनदेन हेर्न मै भ्याईनभ्याई हुन्छ । लेनदेनका मुद्दाहरुमा प्रहरीको बढी नै चासो देखिएकोले यो प्रकरणमा पनि आर्थिक चलखेलमा मृत्युको सूचना गुपचुप बनाउन त् लागेको हैन भन्ने गम्भिर आशंका पैदा भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्य थापाले प्रायः सूचना लुकाउने गरेको उनीमाथी आरोप लाग्ने गरेको छ । जिल्लाका अधिकांश पत्रकार प्रहरीले सहि सूचना खास समयमा नदिने गरेको बताउँछन् ।
सञ्चार माध्यममा समाचार आईसक्दा पनि प्रहरीले आधिकारिक सूचना नदिदा कयौँ पल्ट आफुहरु हैरानी ब्योहर्नु परेको र अन्यौलतामा पर्ने गरेको एक सञ्चारकर्मीले गुनासो गरे । यता चितवन प्रहरीले सञ्चालन गरेको ग्रुप म्यासेन्जरमा समेत प्रहरीले समयमा सूचना नदिएको भन्दै सञ्चार कर्मी हरुको गुनासो नै गुनासो देख्न सकिन्छ ।
अत्याधिक लागुऔषध सेवनको कारण मृत्यु भएको यो घटना र सोही स्थानबाट शबसगैं बरामद गरिएको लागुऔषध बारे पनि सूचना अधिकारी थापाले सूचना लुकाएका हुन् । जिल्लामा क्रियाशिल अधिकांश पत्रकारहरुले थापा सुचना अधिकारी भएदेखि नै धेरै सुचनाहरु लुकाउने गरेको बताउने गरेको बिषय केही हप्ता अघि प्रहरीले सञ्चालन गरेको ग्रुप च्याटमा छताछुल्ल देख्न सकिन्छ ।
यसै बिच यस घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीलाई पत्र दिदा उनले पत्र प्राप्त गरेपछि फोन गर्दै सबै घटना सार्वजनिक गर्नुनपर्ने बताएका छन् । फोन संवादमा कुरा गर्दै प्रमुख अधिकारीले भने दैनिक ४/५ जनाको मृत्यु भईरहेको छ, ति सबै घटना कहाँ सार्वजनिक गरिएको छ र ? भन्दै उल्टै प्रति प्रश्न गरे । तपाईलाई केही कन्फुयजन भएको हुन सक्छ, त्यस्तो केही होईन भन्दै एसपी अधिकारीले घटनालाई सामान्यीकरण गर्ने प्रयास गरे ।
यसरी देशकै मुटु चितवन जिल्लाको भरतपुरमा अत्याधिक लागु औषध सेवनको कारण चितवनकै भरतपुरमा स्थायी घर भएकी एउटी सम्पन्न, शिक्षित परिवारकी युवतीको मृत्यु हुन्छ । मृतकको साथबाट दर्जनौ थान एम्पुल लागु औषध र सिरिन्जहरु भेटिन्छ तर मृत्यु नै त्यो लागु औषध कहाँबाट ? कसले ? कहिले ? कसरी त्यहाँ ल्यायो त्यसबारे कुनै अनुसन्धान हुँदैन ।
खोजविनबाट आएका यथार्थ विवरणहरु प्रेसमा सार्वजनिक गरिदैन भने के प्रहरीको कार्यशैली माथि प्रश्न उठ्दैन ? परिवारका सदस्य र आफन्तले त आफुहरु बदनाम हुने हो की भन्ने भयले घटनालाई लुकाउने नै भए तर राज्यको सुरक्षा अङ्गले समेत अनेक बहाना र कुतर्क दिएर घटनालाई गुपचुप राख्नु के न्यायसंगत हुन्छ ?
प्रहरीको काम लागुऔषध नियन्त्रण होइन र ? हो भने त्यो लागु औषधको श्रोत कहाँ हो ? बिपना सुबेदी जस्ता युवतीहरुलाई शिकार बनाउने लागु औषध सप्लायर्स को को हुन् ? उनलाई लागुऔषध दिने उनका आफन्त, साथीभाईमा अरु जो कोही हुन उनीहरुको खोजविन हुनुपर्दछ र दोषिहरु उपर कानुनी कार्बाही हुनुपर्दछ । यो घटनालाई प्रहरीले यथाशिघ्र सार्वजनिक गर्नुपर्दछ । अन्यथा प्रहरीको क्षमता, कार्यशैली र नियत माथि नै गम्भिर प्रश्न खडा हुनेछ ।
यसर्थ सुबेदी आत्महत्या प्रकरणमा पुनः थप अनुसन्धान गर्दै सो लागु औंषध सप्लार्यस सम्मलाई कानुनको कठघरामा उभ्याईनुपर्छ । अनुसन्धानको क्रममा घटनालाई गुपचुप राख्न कुनै प्रहरी अधिकृतको कुनै पनि प्रकारको संलग्नता पाईए तत्काल छानविन गरी आवश्यक कारवाहि गर्नुपर्दछ । घटना सँग सम्बन्धित सबै सत्यतथ्यहरु सार्वजनिक गरी प्रहरीको छवि थप धुमिल हुनबाट बचाउनुपर्ने देखिन्छ ।
सुबेदी आत्महत्या प्रकरणमा चितवन प्रहरीको भुमिका शंकाष्पद देखिएको भन्दै चौतर्फी स्थानिय प्रहरीको आलोचना भई सञ्चारमाध्यममा समाचार समेत आएपछी सो घटनाबारे नेपाल प्रहरीले थप अनुसन्धान हुने बताएको छ । नेपाल प्रहरीका प्रबक्ता बसन्त कुबँरले सो घटनाको केन्द्रबाट समेत छानबिन हुने बताएका हुन् । उनले भने, ‘के भएको हो हामीले सुष्म अनुसन्धान गरिरहेका छौं ।’ छानबिनमा प्रहरी अधिकारीहरु दोषि देखिए कार्बाही गरिने र घटनाको सम्पूर्ण बिबरण सार्बजनिक गरिने जानकारी दिए ।