पूर्वमाओवादी नेताहरु पेट पाल्न एमाले आएका हुन् : घनश्याम भुसाल

बिहिबार, ३१ भाद्र २०७८

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पूर्वमाओवादी नेताहरु पेल पाल्नकै लागि एमालेमा प्रबेश गरेको बताएका छन् ।

माओवादी नेता रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी पेट पाल्नकै लागि नेकपा एमाले प्रबेश गरेको उनको भनाई छ ।

अन्तिमसम्म माधवकुमार नेपालको खेमामा बसेर एमालेको ओलीतिर उभिएका भुसालले माओवादीमा प्रचण्डले अनुसासनमा बस्न निर्देशन दिने भएको अनुसासनमा बस्न नसक्ने नेताहरु एमाले भएको उनको भनाई छ ।

एक महिनाअघि ओलीलाई सर्वसत्तावादी र साम्राज्यवादी अमेरिकाको गोटी बनेर एमसीसी थोपरेको भन्दै भाषण गर्ने भुसाल एक महिनापछि एमालेमै फर्किएका हुन् ।

ओलीको सर्वसत्तावादी सोच र अहंकारका कारण प्रतिनिधिसभा विघटन गरिएको बताउँदै माओवादीलाई एमालेमा हुलेर पार्टी तहस नहस बनाएको उनको भनाई छ ।

उनीहरुका कारण आफूहरु २०७५ जेठ २ को अबस्थामा जान नसकिएको बताए । जेठ २ मा गए माओवादी नेताहरु आउट हुने, नजाउँ तेश्रो धारका नेताहरु आउट । यसले पार्टीलाई थप कमजोर बनाएको उनको भनाई थियो ।

संविधानको कुनै पनि धारामा वहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको बेलामा उनले विघटनले संविधानमाथि प्रहार भएको टिप्पणी गरे।