अब चुप लाग्नुहोस्
काठमाडौँ – के तपाईंको जीवनमा कहिल्यै ओछ्यानबाट बाहिर निस्कैन मन नलाग्ने दिन आएको छ ?
अझ पनि तपाईंलाई निन्द्रा लागेर ओछ्यानबाट बाहिर ननिस्कनु भएको होइन, किनकि तपाई समस्याहरुदेखि दिक्क भइसक्नु भएको छ, तिनको सामना गर्दागर्दै थाकिसक्नु भएको छ, त्यसैले तपाईं ओछ्यानबाट उठ्न चाहनुहुन्न ?
हो, प्रत्येक मानिसको जीवनमा त्यस्ता दिन आएका हुन्छन् । त्यस किसिमका दिनबाट मुक्ति पाउनका लागि उपाय हुन्छ, तपाईंले आफ्नो आन्तरिक चर्चालाई परिवर्तन गर्नुपर्छ ।
जब तपाईंको मनले तपाईंलाई, तपाई उठ्नैपर्ने कुनै कारण नै छैन भन्दछ भने तपाईंले यो जवाफ दिन सक्नुपर्दछ, ‘चूप लागेर बस्, यति नै ठीक हुन्छ, केवल यति मात्र भन्नुहोस्, चुप लाग ।’
फेरि आफैसँग भन्नुहोस्, ‘उठ्, काममा लाग, व्यस्त होऊ।ू किनकि तपाईंबाहेक अरु कसैले पनि तपाईंका लागि त्यसो गर्न सक्दैन । डिप्रेसन आमरुपमा नकारात्मक आन्तरिक चर्चाको परिणाम हो । उठ्नुहोस्, केही सकारात्मक कुराहरु सुन्नुहोस्, पढ्नुहोस् ।
हरेक दिन मोटिभेट न्यूज डटकमले मोटिभेशनल खुराकहरु पस्किएको हुन्छ । मात्र १ मिनेट छुट्याएर पढ्नुहोस् ।
यस्ता सकारात्मक वाक्यहरुको सूची बनाउनुहोस् जसलाई तपाईंले प्रत्येक दिन दोहोऱ्याउन सकियोस् । यस किसिमका कुराहरु बोल्ने गर्नहोस्, ‘आजको दिन ज्यादै राम्रो हुनेछ किनकि मैले यो निर्णय गरिसकेको छ कि यो दिन ज्यादै राम्रो हुनेछ । कुनै पनि दुई वटा रुखका पातहरु उस्तै हुँदैनन्, हिउँका कण एउटै देखिदैनन, अनि दुई मानिसका औंलाका छापहरु पनि उस्तै हुँदैनन् । संसारमा एउटै काम गर्न कोही पनि आएका हुँदैनन्, जुन काम गर्न म आएको छु ।’
ब्यूँझिनुहोस्, उठ्नुहोस् ताकि तपाई माथि जान सक्नुहोस् । आफ्नो दिनलाई राम्रो बनाउने निर्णय लिनुहोस् ।