बलिउड अभिनेता अमिताभ बच्चनले तिरिदिए १४ सय किसानको ऋण

बिहिबार, ६ मंसिर २०७५

मङ्सिर ६, काठमाडौं — बलिउड अभिनेता अमिताभ बच्चनले सयौँ किसानको ऋण तिरिदिएका छन् ।

उनले उत्तर प्रदेशका एक हजार तीन सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेका बताएका छन् ।

यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन् ।

मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन् ।

यसबाट आफुलार्य एउटा काम पुरा गरेको महसुस भईरहेको पनि उनले बताए ।

एक सरकारी बैंकबाट किसानले लिएको ऋण अभिताभले तिरिदिएका हुन् ।

बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेका हुन् । उनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने ईच्छा व्यक्त गरेका छन् ।, आजको अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमा यो खबर छ ।