एमाले नेता कार्यकर्ताले पाउने भए मासिक तलब, कुन तहको नेतालाई कति ?

मंगलबार, ५ असोज २०७८

काठमाडौँ – नेकपा एमालेले पूर्णकालीन नेता कार्यकर्तालाई तलब दिने भएको छ । एमालेको प्रस्तावित विधान संशोधनको प्रतिवेदनमा नेता तथा कार्यकर्तालाई तलव दिने विषय उल्लेख छ ।

‘पार्टीका पूर्णकालीन सदस्यलाई सम्बन्धित कमिटीले आवश्यक मासिक खर्च व्यवस्था गर्नेछ’ प्रतिवेदनमा भनिएको छ, ‘पार्टीका नेता वा कार्यकर्तालाई काममा खटाउँदा हुने खर्चको व्यवस्था काममा खटाउने सम्बन्धित कमिटीले गर्नेछ ।’

त्यसैगरी केन्द्रीय कमिटीले एकता र एकीकरण प्रक्रिया अघि बढाउन निर्वाचित केन्द्रीय सदस्यको २० प्रतिशत थप्न सक्ने व्यवस्था प्रस्तावमा उल्लेख छ ।

एमालेले जेष्ठ कम्युनिस्टहरुको छानबिन गरी उनीहरुलाई परिचयपत्र पनि दिने भएको छ ।

एमालेको विधान महाधिवेशनमा प्रस्ततु हुने दस्तावेज स्थायी कमिटीमा छलफल भएर केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको छ । एमालेको विधान महाधिवेशन असोज १५–१७ गतेसम्म हुनेछ ।