नारायणकाजीले लिक गरिदिए माओवादी केन्द्रको गोप्य सूचना

मंगलबार, ५ असोज २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रको गोप्य सूचना लिक गरिदिएका छन् ।

वर्तमान पाँच दलीय गठबन्धनको सरकार भत्काउन षडयन्त्र भएको भन्दै श्रेष्ठले यसमा माओवादीको हात अलि बढिभएको खुलासा गरेका हुन् । उनको यो खुलासाले गठबन्धनमा खैलाबैला मच्चिएको छ ।

धनुषाको सहिदनगर नगरपालिका–८ डुमरियामा माओवादी केन्द्रले आयोजना गरको सहिद सूर्यनाथ रान यादवको ३६ औं स्मृतिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘यो गठबन्धनको सरकार केपी प्रवृतिबाट आफू स्वयम् मुक्त हुनुपर्छ, पाँच पार्टीको गठबन्धन केपी प्रवृति गठबन्धनमा पुनरावृति हुन दिनहुन्न। गल्तीहरु सच्याएर अघि बढ्नु पर्छ’ नेता श्रेष्ठले भने, ‘कुनैपनि राष्ट्रघाती, जनविरोधी, संविधान र लोकतन्त्र विरोध काम गर्नु हुँदैन।’

राष्ट्रहित र राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्ने कुनै किसिमका काम हुन नदिन गठबन्धन स्पष्ट हुनुपर्ने उनको भनाइ छ। ‘देशको विकास गर्नुपर्छ। अमेरिकी सहयोग हामी लिन चाहन्छौं, हामीलाई चाहिन्छ।

तर, निस्वार्थ नेपाल र नेपाली जनताको हित हुने छ भने हामी खुला दिलका साथ स्वागत गर्न चाहन्छौं’, उनले भने, ‘तर, एमसीसी सम्झौतामा नेपाल र नेपाली जनताको आफ्नो राष्ट्रियता र स्वाधिनताको हित विपरीत हुनुभएन।’