एमसीसीका कट्टर समर्थक खड्का परराष्ट्रमन्त्रीको सपथ खाँदै, आजै अमेरिका जाने

बुधबार, ६ असोज २०७८

काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसीसीका कट्टर समर्थक डा नारायण खड्काले केहीबेरमा मन्त्रीको सपथ लिने भएका छन् । अमेरिकाको न्यूवर्कमा चलिरहेको संयक्त राष्ट्रको महासभामा सहभागी गराउनका लागि उनलाई परराष्ट्रमन्त्रीको सपथ खुवाएर अमेरिका पठाउन थालिएको छ ।

आजै बेलुकी संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै खड्का अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालय स्रोतले खड्कासहितको टोली अमेरिका जानेबारे सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ।

‘सकभर आजै बेलुका नभए भोलि बिहानसम्म मन्त्री खड्कासहितको टोली अमेरिका जाने तयारी छ,’ परराष्ट्र स्रोतले सेतोपाटीसँग भन्यो। परराष्ट्रमन्त्री सँगै सचिव भरतराज पौडेल, युएन महाशाखाका प्रमुखलगायत अधिकारीहरू न्युयोर्क जाँदै छन्।

परमादेशबाट सरकार बनेको ७२ दिन पछि प्रधानमन्त्री शेरबहादुर देउवाले बल्लतल्ल एक जना व्यक्तिलाई परराष्ट्रमन्त्री नियुक्तिका गरेर सपथ गराउन लागेका हुन् । त्यो पनि अन्यन्तै विवादित व्यक्तिलाई ।

हिजो बसेको सत्तागठबन्धनको बैठकले काग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्ती गर्ने सहमती गरको छ । आज खड्कालाई प्रधामन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्ती गरेर राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ गराउँने कार्यक्रम रहेको छ ।

खड्कालाई परराष्ट्रमन्त्री बनाउँने भए पछि सबैभन्दा विवाद नेपाली काग्रेस भित्र देखिएको छ । देउवाले मनलाग्दी गरेको भन्दै रामचन्द्र पौडेल पक्ष फायर भएको छ । देउवाले नियुक्ती गर्न खाजेका परराष्ट्रमन्त्री खड्काको विगत विवादले भरिएको छ ।

नेपालमा २०७२ सालमा भुकम्प जाँदा खड्का तत्कालिन सुशिल कोइराला नेतृत्वको सरकारमा शहरी विकास मन्त्री थिए । भुकम्प पीडीतका लागी ल्याएको त्रिपालमा ५० करोड भन्दा माथीको घोटला काण्डमा पनि उनी मुछिएका छन् ।

तत्कालिन शहरी विकास सचिव अर्जुन कार्की र विवादास्पद व्यापारी दीपक मल्होत्राको साँठगाँठमा भुकम्प पीडीतको त्रिपालमा ठूलो अनियमितता भएको थियो । त्यस बखत मन्त्री खड्काको चर्को आलोचना भएको थियो । तत्कालिन प्रधानमन्त्री कोइरालाले उनलाई पदबाटै बर्खास्त गर्न खोजेका थिए तर पछि सेटिङमा केस सामसुम पारिएको थियो ।

त्यस बेला विराटनगरबाट काठमाडौंका लागि त्रिपाल लगायतका राहत सामग्री बोकेर आएको भनिएको ना ४ ख ९७६४ नम्बरको ट्रकमा अन्य सामान राखेर त्रिशूलीमा योजनाबद्ध रुपमा खसालिएको बताइन्छ । जेठ ९ गते सो ट्रक लादिएको त्रिपाल बोकेको ट्रक खसालेर ठूलै हल्ला पिटाइयो र भनियो त्रिपाल सबै त्रिशुलीमा बग्यो । यो सबै सेटिङ विवादास्पद व्यापारी दीपक मल्होत्राले मिलाएका थिए ।

उक्त त्रिपाल त्रिशूलीमा बेपत्ता भएको भनेर कागजात बनाएर भ्रष्टाचार गरेको र त्यसको सबै सेटिङ मल्लोहोत्राले मिलाएका थिए । ट्रक दुर्घटनामा परेर त्रिपाल लगायतका राहत सामग्री समेत हराएको भनेर जेठ ९ गते शनिबार समाचार दिइएको थियो ।

सो ट्रकमा पराल बोकाइएर ल्याइएको आशंका गरिएको थियो। त्रिशुलीमा पराल बगाएर त्रिपाल बगायो भनी कागज मिलाएर करोडौँ झ्वाम पार्ने घोटलामा अहिले देउवाले पराराष्ट्रमन्त्री बनाउँन लागेका डा खड्का मुछिएका थिए ।

ओटीभी नेपालको विशेष व्युरोले प्राप्त गरको सुचना अनुसार तत्कालिन अवस्थामा भूकम्पबाट घरबारविहीन भएका १४ जिल्लाका पीडितलाई चार लाख ६२ हजार सात सय दुई पाल खरिद गर्ने क्रममा करिब ५० करोड रुपैयाँ भ्रष्टाचार भएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले पुष्टि गरेको थियो ।

डा नारायाण खड्का एमसीसीका पनि कट्टर समर्थक हुन् । नेपाली काग्रेसमा प्रधानमन्त्री देउवा, नेता रामशरण महत र खड्का एमसीसीका सबैभन्दा कट्टर समर्थक हुन् । परराष्ट्र मन्त्रालय एमसीसी सँग पनि प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय हो ।

ओटीभी नेपाल डट कमलाई स्रोतले दिएको सुचना अनुसार डा नारायण खड्का विदेशी ज्वाँइ हुन् । उनले विदेशी महिला सँग विवाह गरेका छन् । उनीसँग अमेरिकाको ग्रिन कार्ड रहको पनी चर्चा गरिन्छ ।

यस अघि स्वास्थ्य राज्यमन्त्रीमा हस्पीटलमा चेन विजनेस चलाएका विवादास्पद व्यक्तिलाई देउवाले नियक्ती गरेका थिए ।यस पटक पनि त्यस्तै विवादास्पद व्यक्तिलाई परराष्ट्र मन्त्रालयको चाबी बुझाउँन लागेका छन् ।