त्रिशूली दुर्घटना अपडेट : एउटै कारमा सवार सुवेदी बाँचे, तीन जना बेपत्ता
काठमाडौं – त्रिशुली नदीमा खसेको कारमा सवार एक जना जिवीत भेटिएका छन् । उनी सामान्य घाइते भएका छन् ।
अरु तीनजना बेपत्ता भएको प्रहरीले जनाएको छ । कार पनि बेपत्ता भएको छ ।
उक्त कार दुर्घटनामा घाइते भएका पोखराका रुद्रलाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
कार चालक कास्की पोखरा १७ वस्ने प्रेमबहादुर भुजेल, सोही ठाउँकै लेखबहादुर भुजेल र उनकी श्रीमति ईश्वरी भुजेल कारसँगै नदीमा बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
गएराति पौने १२ बजे चितवन ईच्छाकामना गाउँपालिका ५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार अनियन्त्रीत भई त्रिसुली नदीमा खसेको थियो ।
हराइरहको कार र बेपत्ता व्यक्तिहरुको खोजी कार्य जारी रहे पनि फेला नपरेको प्रहरीले जनाएको छ ।