अदालतभित्रै गोली चल्दा तीन जनाको ज्यान गयो

शुक्रबार, ८ असोज २०७८

काठमाडौं – अदालतमा गोली चल्दा तीन जनाको ज्यान गएको छ । यो भारतको खवर हो ।

दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको भारतीय संचार माध्ययमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको ज्यान गएको हो ।

शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ ।

आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक विवादास्पत मुद्धामा न्यायाधीशले अन्यायपूर्वा निर्णय गरेकाले अदालतभित्र गोली चलाएको हुन सक्ने बुझिएको छ ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।