केपी ओलीले सुने एक्कासी अपत्यारिलो खबर, बालकोटमा सन्नाटा

शनिबार, ९ असोज २०७८

काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अपत्यारीलो खवर सुन्नु परेको छ । ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुकी ठिल्ले साङमु लामाले पढ्ने पुस्तक समेत नपाएको भन्ने खवर सुनेपछि ओली निवास बालकोटमा सन्नाटा छाएको छ ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका ८ मांग्रीकी लामाले असार महिनामा सुरु भएको शैक्षिक सत्र बितेको तीन महिना भइसक्दा पनि उनलाई हालसम्म कुनै पनि निकायबाट सहयोग प्राप्त भएको छैन ।

ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको कार्यभार सम्हालेको करिब तीन महिना हुन लाग्दा पनि लामाको पढाइका लागि कुनै ध्यान नदिएको पारिवारिक स्रोतले बताएको छ ।

जुन प्रधानमन्त्री सरकारमा आएपछि लामालाई हेर्नुपर्ने भए पनि सरकारले गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको उनकी आमा छिचु लामाले गुनासो गरिन् । ‘सहयोग गर्नु त परै जावस्, एक पटक पनि सोधपुछ गरिएको छैन’ छिचु लामाले भनिन् ।

एक वर्ष अगाडि तत्कालीन प्रधानमन्त्री ओलीले एक पटक मात्र २० हजार रुपैयाँ पठाएका उनले बताइन् । त्यसपछि छोरीलाई कुनै पनि सहयोग नभएको आमा लामाको भनाइ छ ।

कोरोनाले थला परेका विद्यालय पनि विस्तारै खुलेका छन् । विद्यालय खुले पनि लामाको अध्ययन भने खुलेको छैन । लामालाई विद्यालय जान आवश्यक पर्ने सामग्री कापी, कलम, झोला, विद्यालय पोसाकलगायत खाजा, खानाको अभाव भएको बुद्ध माध्यमिक विद्यालय मांग्रीका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार अहिले ठिल्लेलाई शैक्षिक सामग्रीको अभाव भएको छ । ‘विद्यालयमा आउन त एक पटक आउँछन्, पोसाक लगाएको देखिँदैन, हातमा कापी, कलम पनि छैन, स्कुल आउने÷जाने कामबाहेक अन्य केही भएको छैन; उपाध्यायले भने ।

छोरीको समस्या समाधान गर्न वर्तमान प्रधानमन्त्री देउवालाई चाँडोभन्दा चाँडो अभिभावकत्वको जिम्मेवारी पूरा गर्न उनले अनुरोध पनि गरिन् ।

कर्णाली रारा पर्यटन वर्ष, २०७५ मा तत्कालीन प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगेर लामाको अभिभावकत्व ग्रहण गरेका थिए । तर, दुई वर्ष बितिसक्दा पनि ओलीले लामालाई पढाइ खर्च, गास, बास, कपास उपलब्ध नगराइदिँदा ‘प्रधामन्त्रीकै छोरी’ भनेर आफन्तले नै गिज्याउन थालेका छन् ।

ठिल्ले अहिले बुद्ध माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन् । उनी तीक्ष्ण भए पनि पठनपाठनमा आवश्यक सामग्री नहुँदा पढ्न कहिलेकाहीँ मात्र विद्यालय आउने गरेको विद्यालयले जनाएको छ । घरमा लालनपालन गर्ने अभिभावक नहुनु र बुबाको पनि निधन भएकाले असहाय बनेकी लामाको ओलीले अभिभावकत्व ग्रहण गरेका थिए ।

अहिले घरमा बिहान९बेलुका अन्न जुटाउने चिन्ता हुने गरेको परिवारको गुनासो छ ।रारा पर्यटन महोत्सवमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छेन्जोङ लामाको अभिभावकत्व ग्रहण गरेकी थिइन् ।

उनको अवस्था पनि उस्तै छ । प्रधानमन्त्रीकी छोरी लामा र राधिकाकी छोरीले अहिलेसम्म भरपेट खान पाउँदैनन् ।