पशुपतिनाथ ग्याङ फाइट, ८ जना पक्राउ

सोमबार, ११ असोज २०७८

काठमाडौं – काठमाडौंको पशुपतिनाथ क्षेत्रमा लफडा भएको छ ।

ग्याङ सहित आएको टोललिे एक साधुमाथि खुकुरी प्रहार गरेको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार सोमबार दिउँसो भएको खुकुरी प्रहारबाट साधु घाइते भएका छन् ।

घटनामा संलग्नताको आशंकामा ८ जना पक्राउ परेका छन् । उनीहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, बर्दियाको बारबर्दिया नगरपालिका वडा नं २ स्थित बबई नदीमा अबैध रुपमा बालुवा उत्खनन् गरी लोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालुवा लोड रहेको अवस्थामा भे १ त ९५९६ र भे १ त ५७५८ नम्बरका दुई वटा ट्याक्टर र ट्याकटर चालकद्वय जिल्ला जोगीगाउँ बस्ने बर्ष ३० को बिमल सुनार र ऐ.ऐ. बस्ने बर्ष ३० को थिर लाल बि.कलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी बारबर्दिया नगरपालिकाको कार्यालय जयनगर बर्दियामा पठाईएको छ ।