मन्त्री परिषद् विस्तारको बाटो खुल्यो, सरकार आफ्नै निर्णयमा व्याक

सोमबार, ११ असोज २०७८

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले राजनीतिक अध्यादेश खारेज गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ‘ख’बमोजिम अध्यादेश खारेज गरिएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छः ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को असोज ११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ ।’

सोमबारै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो ।

अध्यादेश खारेजसँगै मन्त्रीपरिषद् विस्तारको बाटो खुलेको छ । अध्यादेश रहिरहे फेरी पनि पार्टीहरु फुट्ने डरले मन्त्रीपरिषद् विस्तार भएको थिएन् ।

अध्यादेश आएपछि नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीं फुटेर लोकतान्त्रीक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएका थिए ।

अध्यादेशले काम गरिसकेको भन्दै फिर्ता गर्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दवाव दिदै आएका थिए ।

अब मंगलबार मन्त्रीपरिषद् विस्तार हुने भएको छ । त्यसका लागि एकीकृत समाजवाद िपार्टीले मन्त्री बन्नेहरुको लिष्ट तयार पारिसकेको छ ।

माओवादी, कांग्रेस र जसपाले भने मन्त्री बन्नेहरुको लिष्ट बनाउन सकेका छेन् ।