फेरी काठमाडौँ आए मोदीका दूत, गम्भीर राष्ट्रघातको रहस्य खुल्यो

बुधबार, १३ असोज २०७८

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत काठमाडौँ ओर्लिएका छन् ।

विदेश मन्त्रालयका निवर्तमान प्रवक्ता अनुराग श्रीवास्तव मोदिको दूत भएर मंगलबार दिउँसो काठमाडौं ओर्लिएका हुन् ।

तीन सदस्यीय टोलीको नेतृत्व गर्दै उनी ४ दिनको लागि नेपाल आएको भारतीय दूतावासले जनाएको छ । उनको यो भ्रमणको विषयलाई गोप्य राखिएको छ ।

श्रीवास्तव भारतीय विदेश मन्त्रालयको नेपाल र भूटान डेस्क हेर्ने पूर्व प्रमुख हुन् । नेपाल भ्रमणको निम्ति आएको भन्दै उनी नेपाल आएका हुन । तर उनलाई नेपालले निम्तो नपठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अनुरागको भ्रमणको विस्तृत विवरण र टोली सदस्यबारे केही पनि खुलाइएको छैन । यही कारण यो भ्रमण रहस्यमय छ ।

भारतीय राजदूत विनयमोहन क्वात्रा एक महिनादेखि नेपाल बाहिर छन् । यस्तो अवस्थामा पूर्व प्रवक्ताको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

भारत परस्त रहेको देउवा सरकारले नेपाल चीन सीमा विवाद नभएको ठाउँमा नक्कली विवाद निकालेर भारतलाई खुशी पार्न अनुगमन समिति बनाएको थियो ।