प्रचण्डलाई देखि नसहने भरतमणिलाई सुप्रवल जनसेवाश्री

बुधबार, १३ असोज २०७८

काठमाडौँ – नेकपा माओावादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देखि नसहने संसद सचिवालयका महासचिव भरतमणि गौतम सुप्रवल जनसेवाश्री सम्मानबाट सम्मानित हुने भएका छन् ।

छैटौँ संविधान दिवसका अवसरमा असोज ३ गते सरकारले राष्ट्रसेवकसहित विभिन्न पेशा, क्षेत्र र व्यवसायका ९ सय ३ जनाभित्र गौतमको नाम पनि समावेश छ ।

प्रचण्ड–अग्नि सापकोटाहरूकै जोडबलमा संसदको महासचिव नियुक्त भएका गौतम पछिल्लो समय प्रचण्ड विरोधी गतिविधिमा संलग्न थिए ।

पुस ५ पछि तत्कालिन नेकपाका बहुमत केन्द्रीय सदस्य र सांसदहरूले प्रचण्डलाई संसदीय दलको नेता कायम गरियोस् भनी दिएको पत्रलाई कार्यान्वयन नगरेर प्रचण्डलाई गतिलो झापड हानेका थिए । अहिले फेरि प्रचण्डहरूले नै तक्मा दिएका छन् ।

प्रश्न उठेको छ, आखिर यो सरकारले भरतमणिमा त्यस्तो के चमत्कारिक प्रतिभा देख्यो, जसलाई केही दिनअघिसम्म दिएका अनेकन दुःख–सास्ती बिर्सिएर विभूषित गर्नुप¥यो ?

उनले अहिलेको राजनीतिक प्रक्रियालाई बिथोल्न विगतमा के–के गरे ? भर्खरै एमालेले १४ सांसदलाई कारबाहीको सिफारिस गर्दा त्यो चिठी हात पर्नासाथ ‘गरिहाल्नुपर्छ’ भनेर टिप्पणी लेख्ने हात हो, भरतमणिको ।

यिनै भरतमणिले आफूलाई स्वतन्त्र सांसदका रुपमा राखियोस् भनी बेदुराम भुषालले दिएको निवेदनलाई पनि वास्ता गरेनन् ।

१४ जनामाथि कारवाही सिफारिस भएपछि ‘हामीलाई प्रष्टिकरण सोधेको छैन, कानुनतः कारवाही गर्ने अंगहरू पुगेका छैनन्’ भन्दै विरोध खतिवडाहरू भोलिपल्टै संसद सचिवालय जाँदा वास्ता नगर्ने पनि उनै हुन् ।

उता, एमालेको निरन्तर अवरोधका बाबजुद पनि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक चलाउने भूमिकामा नेपाल प्रहरीको उल्लेख्य योगदान रहेको संसद सचिवालयका हाकिमहरू बताउँछन् । संसदमा मर्यादापालक खटाउने नेपाल प्रहरीले हो ।

त्यहाँ सामान्यदेखि विशेष दिनमा फरक फरक मर्यादापालक खटाइन्छ । एमालेले अवरोध गर्ने र उस्तै परे बल प्रयोग गर्नुपर्ने अवस्था आउनसक्ने कारण कमाण्डो तालिमप्राप्त प्रहरीहरूको टोली तैनाथ गरिएको छ ।