उपेन्द्र यादवमाथि प्रचण्डले फायर खोले, जेल जाने पक्का
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि फोयर खोलेका छन् ।
प्रदेश २ मा उस्तै परे माओवादीको नेतृत्वमा सरकार गठन हुनसक्ने भन्दै प्रचण्डले यादवको पार्टीमाथि फायर खोलेका हुन् । बुधबारमात्रै प्रचण्डको प्रत्यक्ष÷अप्रत्यक्ष लगानी रहेको नयाँ पत्रिकाले उपेन्द्र यादवका विश्वासपात्र प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको ठूलो स्क्यामको पर्दाफास गरेको छ ।
‘प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता : कम्पनी नखुलाई किनिए ११ करोडका १७ हजार साइकल’ भनेर समाचार आएको छ ।
नेपाल फाउण्डेसनका अध्यक्ष विकाशकुमार ठाकुरले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रचण्डको साग छोडेर बुद्धपथमा आउन सुझाव दिएका छन् ।
प्रचण्डपथमा लाग्दा थप क्षति हुने भन्दै ठाकुरले सचेत गराएका हुन् । सत्ता गठबन्धनमा भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्रमाथि फायर खोलिसकेका छन् ।
यसैलाई लिएर ठाकुरले यादवलाई प्रचण्डको साथ छोड्न सुझाएका हुन् ।
‘उपेन्द्र यादब प्रचण्डपथको एक सिपाही छन् । बुद्धपथ छोडेर प्रचण्डपथमा लागेका उपेन्द्रलाई अब प्रचण्डले नै थाँगामा पुर्याउँछन्,’ ठाकुरले भनेका छन्, ‘आफ्नै सहपाठी वा सिपाहीलाई सिध्याउने प्रचण्डको पुरानो बानी हो । उपेन्द्रजी, अहिले पनि समय छ, प्रचण्डपथ छोडेर बुद्धपथमा आउनुस् ।’
प्रचण्डपथ नछोडे १८ विघा जमिनको काण्ड पनि बाहिर आउने र त्यसले थप क्षति हुनसक्ने ठाकुरको चेतावनी छ ।
‘नभए कुन दिन १८ विघा जग्गाको कहानीको पनि पर्दाफास गराउँछ प्रचण्डले । त्यसपछि तपाई…आँफै बुझ्नुस्,’ ठाकुरले भनेका छन् ।
यसैविच, पत्रिकाको समाचारलाई आधार बनाएर प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
बुधबार दिउँसो आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालयमा पुगेको छ ।
स्रोतका अनुसार प्रदेश २ सरकारले २०७६ सालमा सामुदयिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको कार्यक्रमका विषयमा अख्तियारले छानबिन गर्न लागेको हो ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार ९ करोड ८४ लाख १८ हजार रुपैयाँको १४ हजार थान साइकल किनेर २६२ विद्यालयका प्रधानाध्यापकलाई बोलाएर ८ कक्षामा पढ्ने छात्राका लागि भनी साइकल दिइएको थियो ।
प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो ।
प्रधानाध्यापकमार्फत दिइएको साइकल विद्यार्थीसमक्ष पुगेको वा नपुगेको पनि प्रष्ट नभएको भनी महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा प्रश्न उठाएको थियो ।