देउवालाई रातभर निन्द्रा नलाग्ने गरी अर्थमन्त्रीले दिए कडा अभिव्यक्ति, युवाहरुमा खुशीयाली

बुधबार, १३ असोज २०७८

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुन्दै एलर्जी हुने कुरा अर्थमन्त्री जनार्दन शर्माले बोलेका छन् ।

समाजवादको ‘स’ उच्चारण नगर्ने देउवालाई अथृमन्त्रीले समाजवादका आधारहरुको बर्णन गरेका छन् । शर्माले श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको बताएका हुन् ।

पुँजीवादमा लिप्त कांग्रेस समाजवादको कुरा आउँदा मुन्टा बटार्ने गर्दछ । आफ्नै क्याविनेटका सदस्यले यस्तो अभिव्यक्ति दिएपछि देउवा छटपटी भएको छ ।

बुधवार नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले लाखौं युवाहरुलाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

श्रम शक्तिलाई तालीम दिएर दक्ष बनाउने र रोजगारीमा लगाउने गरी प्रतिस्थापन बजेटमार्फत कार्यक्रम ल्याएको जानकारी दिदै मन्त्री शर्माले यस्ता कार्यक्रमबाट अर्थतन्त्रलाई समाजवादको दिशातिर सोझ्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘यो कार्यक्रम लागू गर्न युवाहरुले टोल टोलमा नेतृत्व गर्नुपर्छ ।’ उनले भने, ‘समाजवाद निर्माणको नेतृत्व तपाईहरुले गर्ने हो हामीले त्यसमा सहयोग गर्ने हो ।’

सरकारले पहिलो पटक गरिबलाई सम्झेर पाँच लाख विपन्न परिवारलाई १० हजारका दरले राहत दिने, दीर्घरोगीहरुलाई मासिक उपचार खर्च, राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक भत्ता दिने जस्ता दीर्घकालीन महत्वका कार्यक्रमहरु ल्याएको उनले जानकारी दिए ।

आफूले कुनै पनि हालतमा व्यक्तिगत स्वार्थमा केन्द्रीत भएर काम नगर्ने प्रतिवद्धता बोकेर जिम्मेवारी सम्हालेको उल्लेख गर्दै मन्त्री शर्माले कहीँ कतै त्यस्तो पाइएमा निर्धक्क आलोचना र भण्डाफोर गर्न सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा पूर्वमन्त्री सत्या पहाडी, पूर्व प्रदेशमन्त्री विमला केसी, माओवादी नेता डिलाराम आचार्यलगायतले वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ल्याएको कार्यक्रमहरुले जनतामा नयाँ आशा जगाएको, शहीद परिवार, दीर्घरोगी तथा विपन्नहरुले देशमा सरकार छ भन्ने कुराको महसुस गर्न पाएको उल्लेख गर्दै प्रगतिशील कर प्रणालीमार्फत हुनेखानेहरुबाट अलिकति लिएर हुँदाखानेहरुलाई दिने नीति ल्याउन सुझाव दिए ।