अन्तत ओलीकै जित भयो, माओवादीले निकाल्यो यस्तो निश्कर्ष
काठमाडौं – अन्ततः नेकपा एमालेका अध्यक्ष केपी शर्माा ओलीको जित भएको छ ।
नेकपा माओवादी केन्द्रले प्रतिपक्षी एमालेको विरोधकाबीच संसद् अधिवेशन चालु राख्नुको अर्थ नरहेको निश्कर्ष निकालेपछि ओलीको जित भएको हो ।
अहिलेको संसदले केही पनि प्रगती गर्न नसक्ने भन्दै नेकपा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा दुई पटक संसद विघटन गरेका थिए । अहिले माओवादीले पनि त्यस्तै निश्कर्ष निकालेको हो ।
आजको स्थायी कमिटी बैठकपछि प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर एमालेसँग सहमति गरेर संसद् अघि बढाउनुपर्ने बताए ।
“सदन नेकपा एमालेले अवोध गरिरहेको अवस्था छ । सरकारको तर्फबाट विपक्षीसँग वार्ता गरेर सदन खुलाउनुपर्छ भन्ने हो ।’ उनले भने, ‘त्यसका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने कुरा छ ।’
‘भोलि सर्वदलीय बैठक बोलाएर सहमति बन्यो भने एजेन्ट एजेण्डा अघि बढ्ला । यदि प्रतिपक्षले अवरुद्ध गरिरह्यो भने तत्काल संसद् चलाइरहनुको अर्थ छैन् ।’ माओवादीको निश्कर्ष सुनाउँदै उनले भने ।
त्यस्तै मन्त्रिपरिषद् विस्तारका विषयमा अहिलेसम्म कानुनी जटिलताले अघि नबढेको र गठबन्धनमा रहेका दलबीच छलफल भएपछि पार्टीले मन्त्री छान्ने उनले बताए ।
बैठकमा यस्तो अवस्था संसद चलाएर राख्नुभन्दा नयाँ जनादेशमा जाँदा राष्ट्रलाई फाइदा हुने नेताहरुको जोड थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसद विघटन गरेर अर्लि इलेक्सनको पक्षमा रहेका विवरणहरु सार्वजनिक हुँदै आएका छन् । यसमा ओली पनि सहमत रहेको बुझिएको छ ।