देउवाले बोलाए सर्वदलीय बैठक, एजेण्डा सुनेपछि प्रचण्ड बेहोस !

बुधबार, १३ असोज २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् ।

बिहीबार बिहान १० बजेका लागि निर्धारित बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा)नेपाल लाई बोलाइएको छ ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई पनि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संघीय संसदमा लगातार अवरोध गर्दै आइरहेको छ । सो अवरोध खुलाउने विषय नै सर्वदलीय बैठकको मुख्य एजेण्डा रहेको छ ।

त्यस्तै अर्को पूस्तावमा अर्लि इलेक्सनको हुने छ । सबै दल संसद खुलाउन सहमति नभए अन्तिम विकल्प संसद विघटन गरेर अर्लि इलेक्सन नै भएको बालुवाटारको बुझाई छ ।

देउवाले यसका लागि बातावरण तयार पारिरहेका छन् । आजसम्म तीन पटक आफ्ना दूतलाई पठाएर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई फकाइरहेका छन् ।

देउवाले सर्वदलिय बैठकमा राख्ने एजण्डाको कुरा सुनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तनाव भएको छ । लोकतन्त्र र संविधानको रक्षा गर्ने भन्दै प्रचण्ड संसद विघटनको विपक्षमा छन् ।

दुई दुई पटक हत्या भएको संसदलाई अदालतबाट फिर्ता ल्याएको भन्दै प्रचण्डले यसको विरोध गर्दै आएका छन् ।